मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

जनताले मिल्काएर, फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्कन सक्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

दमक । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले मिल्काएर, फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्कन नसक्ने बताउनु भएको छ ।

शनिबार गृहजिल्ला झापाको गृहनगर दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको जनजागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलले २\४ जना सडकछाप मान्छेहरुले राजा फर्काउँछु भनेपनि त्यो संभव नभएको बताउनुभयो ।

“जनताले मिल्क्याएर फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्काएर ल्याउँछु भन्नेहरु, फेरि उल्किन कति सकेको २\४ जना सडकछाप मान्छेहरुले राजा फर्काउँछु भन्दा गाडीको माथि चढेर हात हल्लाउँदै हिँडेको ।” उहाँले भन्नुभयो, “यी तमाशाहरु, यीनको तारिका के हो ? शैली के हो ? कस्तो तत्व हो भन्ने कुरा चैत १५ गते देखियो ।” 

शान्तिपूर्ण सभा गर्छौँ ठूला परिवर्तन ल्याउँछौँ भनेका राजावादीहरुले रक्सि चोरेर भाग्ने, स्याउ चोर्ने र औषधि कारखाना आगो लगाएको भन्दै उहाँले यस्ताले देश बनाउन नसक्ने बताउनुभयो । 

“क्रान्ति गर्ने, खुव ठूला परिवर्तन ल्याउने त रक्सिका बोतल चोरेर भाग्दै गरेका, स्याउ चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लगाउँदै गरेका यस्ताले बनाउँछन् देश ?” प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजा फर्काउने रे राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री बन्ने रे तिनहरुलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा अलि राम्रो हुन्छ । ” 

उहाँले शान्तिपूर्ण बाटोमा तोडफोड आगजनी हिंसा जस्ता कुरा अब स्विकार्य नहुने भन्दै देशलाई कानुन बमोजिम र संविधान बमोजिम विकासको बाटोमा अघि बढाउने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले बैशाख ११ गते लोकतन्त्र दिवसका दिन राजधानीमा हुन लागेको युवा भेलामा उल्लेख्य रुपमा सहभागीता जनाउन कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।  

कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेश इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री हिम्कतकुमार कार्कीले समेत सम्बोधन गर्नुभयो भने नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराई लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो । 

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा भएको जागरण सभामा कलाकारहरुले जनवादी गीत गाएका थिए भने साकेला नृत्य, पञ्चेवाजा, नौमती बाजा, लाखे नृत्य लगायका झाँकी प्रदर्शन गरिएको थियो ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चौदण्डीगढी नगरपालिका उदयपुरका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो । 

राजधानीमा राजावदीहरुको आन्दोलन सुरु भएपछि नेकपा एमालेले गणतन्त्रको रक्षाका लागि भन्दै देशव्यापि रुपमा खबरदारी तथा जागरणसभा सञ्चालन गरिरहेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार