मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

कमलपुर वाल विकास केन्द्रको प्रथम वार्षिकोत्सव सम्पन्न, झोला र अभ्यास पुस्तिका वितरण (भिडियोसहित)

मोरङ खबर 409+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

लेटाङ । लेटाङ ३ स्थित कमलपुर बाल विकास केन्द्रले प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गतवर्षदेखि स्थानीय कमलपुर सामुदायीक वन उपभोक्ता समितिको पहलमा स्थपना गरिएको बाल विकास केन्द्रको मंगलबार प्रथम वार्षिकोत्सव मनाइएको हो ।

बाल विकास केन्द्रका व्यवस्थापन समिति अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राईको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सवमा नयाँ भर्ना भएका बालबालिकाहरुलाई अभ्यास पुस्तिका र झोला वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले बालबालिकाका अभिभावकहरुलाई झोला तथा अभ्यास पुस्तिका प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राईले बाल विकास केन्द्रले निःशुल्क रुपमा गुणस्तरिय सेवा प्रदान गरेको भन्दै बालकेन्द्रको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाल केन्द्रको विकासका लागि वडा कार्यालयले आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । 

यस्तै बाल केन्द्रको व्यवस्थापन समिति अध्यक्ष तथा कमलपुर सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठले सामुदायीक वन उपभोक्ता समितिको पहलमा बाल विकास केन्द्रको स्थापना गरिएको भएपनि यसको विकासका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । बाल केन्द्रको भवन निर्माण, विभिन्न सामाग्री खरिद, शिक्षक तलव तथा खाजको व्यवस्थापन समेत सामुदायीक वनले नै गर्दै आएको उहाँले जानकारी दिनभुयो । 

अध्यक्ष श्रेष्ठले सबै अभिभावकहरुलाई बालकेन्द्रमा बालबालिका भर्ना गर्न आग्रह गर्दै आगमी वर्ष नयाँ भवन निर्माण गर्ने तथा शिक्षक र कक्षा थप गर्दै जाने योजना रहेको पनि जानकारी दिनुभयो । यसैगरि बालबालिकाहरुलाई आउन जानका लागि सीटी सफारीको व्यवस्था गरिने पनि उहाँले कार्यक्रममा जानकारी दिनुभयो । 

कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघका उपमहासविच तथा स्थानीय समाजसेवी सीता श्रेष्ठ, वडासदस्य शरणकुमारी विक, वन उपभोक्ता महासंघका नगर अध्यक्ष आनन्दसागर तिम्सिना, कमलपुर टोल विकासका सचिव मनकुमारी राई, वनरक्षक भूपाल सिंह भगत,  स्थानीय समाजसेवी ज्ञानु माया राई, टीकाराज राई लगायतको आतिथ्यता रहेको थियो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार