मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाले अनौपचारिक क्षेत्रमा श्रम गर्ने ७८ जना श्रमिकहरुको दुर्घटना विमा गरिदिएको छ । बुधबार नगरपालिकाको सभाहलमा ७८ जना श्रमिकका प्रतिनिधिलाई बोलाएर विमालेख हस्तान्तरण गरिएको छ । नगर प्रमुख भूपेन्द्र कुमार लावती तथा विमा कम्पनी आइजीआइ प्रुडेन्सिय इन्सुरेन्स कम्पनीका प्रतिनिधि विष्णुप्रसाद पाण्डेले विमामा आवद्ध श्रमिकका प्रतिनिधिलाई विमालेख हस्तान्तरण गर्नुभयो ।  

नगर प्रमुख लावतीले गत निर्वाचनको घोषणापत्रमा गरिएको प्रतिवद्धता अनुशार नगर क्षेत्रमा श्रम गर्ने श्रमिकहरुलाई सूचिकरण गरेर विमामा आवद्ध गराएको जानकारी दिनुभयो । उहाँले श्रमिकहरुलाई नगरपालिकामा सूचिकृत हुन आह्वान गरिएकोमा जम्मा ७८ जना श्रमिक मात्र सूचिकृत भएकाले पहिलो चरणमा उनीहरुको विमा गरिदिएको बताउनुभयो ।

नगरमा रहेका सबै श्रमिकहरुलाई सूचिकृत गरि विमा गरिदिने योजना रहेको भएपनि ७८ जना मात्र सम्पर्कमा आएको भन्दै उहाँले अन्य श्रमिकहरुलाई समेत सूचिकृत गर्न सबै जनप्रतिनिधिहरु लाग्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख लावतीले अनौपचारिक क्षेत्रमा श्रम गर्ने श्रमिकहरुले समाजमा योगदान पुर्याइरहेको भएपनि उनीहरुको जिउधनको सुरक्षा नहुने भएकाले नगरपालिकाले कार्यविधि नै बनाएर श्रमिक सूचिकरण गरि विमा गराउन थालेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै श्रमिकका प्रतिनिधि श्याम मास्कि मगरले नगरपालिकाले श्रमिकहरुलाई सूचिकृत गरेर विमा गरिदिने ज्यादै राम्रो कार्यक्रम ल्याएको भएपनि सबै श्रमिकहरु सम्पर्कमा नआएको बताउनुभयो । उहाँले आगामी दिनमा सबै वडाका श्रमिकहरुलाई जोड्ने गरि पहल गर्ने बताउँदै विमा गरिदिएकोमा नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले नगरपालिकाले श्रमिकहरुलाई शीपमुलक तालिम समेत प्रदान गरेको भन्दै खुशी व्यक्त गर्नभुयो ।   

यस्तै विमा कम्पनी आइजीआइ प्रुडेन्सिय इन्सुरेन्स कम्पनीका प्रतिनिधि विष्णुप्रसाद पाण्डेले विमा कार्यक्रम अन्तरगत श्रम गर्ने क्रममा मजदुर घाइते भएमा १ लाखसम्मको खर्च विमाबाट भुक्तानी दिने र श्रम गर्ने क्रममा मजदुरको ज्यान गएमा ७ लाख रुपयाँ भुक्तानी दिइने जानकारी दिनुभयो । उहाँका अनुशार विमा रकम दाबी गर्नका लागि सम्बन्धि पक्षले घटना भएको ७ दिन भित्र विमा कम्पनीलाई जानकारी गराउनु पर्नेछ । 

लेटाङ नगरपालिकाले यसपटक ७८ जना श्रमिकको ५ करोड ४६ लाख रुपैयाँ बराबरको विमा गरिदिएको जनाएको छ । नगर क्षेत्रमा विभिन्न विकास निर्माणमा काम गर्ने मजदुरहरुका लागि नगरपालिकाले सञ्चालन गरेको विमा कार्यक्रमको चौतर्फि प्रशंशा गरिएको छ ।   

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार