मुख्य समाचार
बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन |

लेटाङमा क्रिकेट प्रतियोगिता हुँदै, उद्घाटन खेलमा चिसाङ वारियर्स र समला राइनोज भिड्ने

मोरङ खबर 474+ समाचार ( )
३० कार्तिक २०८०, बिहीबार

- राजु गौतम 

लेटाङ । नेपालले क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरमा पाउँदै गरेको सफलतालाई जनस्तरसम्म पुर्याउने तथा क्रिकेटको विकासमा स्थानीय सरकारको चासो बढाउने उद्देश्यका साथ लेटाङमा क्रिकेट प्रतियोगिता हुने भएको छ । लेटाङका स्थानीय क्रिकेट प्रेमी युवाहरुले स्वतस्फूर्त आयोजना गरेको प्रतियोगिता मंसिर २ र ३ गते लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा हुनेछ भने ४ वटा टीमले प्रस्पिर्धा गर्दैछन् । 

यसअघि खेलाडी दर्ता गरी फ्री अक्सन मार्फत खेलाडीहरूलाई ४ टिममा बाँडफाँड गरिएको प्रतियोगिता डाइरेक्टर सूर्य बिक्रम श्रेष्ठले जानकारी दिनुभयो । टीमहरूको नाम आकर्षक तथा रचनात्मक होस् र लेटाङका पर्यटकीय क्षेत्रहरुको समेत प्रवर्धन होस् भन्ने उद्देश्यले प्रतियोगितामा सहभागीता जनाउने टीमको नाममा लेटाङकै पर्यटकीय गन्तब्यहरूको नाम जोडिएको छ । जस अन्तरगत सञ्जीव भण्डारीको कप्तानीमा चिसाङ वारियर्स, सन्तोष लुइँटेलको कप्तानीमा राजारानी किंग्स्, द्रोण मगरको कप्तानीमा किसे नाइट राइडर्स तथा उत्तम ढकालको नेतृत्वमा समला राइनोज रहेका छन् ।

टी-ट्वान्टी प्रतियोगिता अन्तरगत मंसिर २ गते पहिलो खेलमा बिहान ७ : ४५ बाट चिसाङ वारियर्स र समला राइनोज तथा दोस्रो खेलमा दिउँसो १२ : ४५ मा राजारानी किंग्स र किसे नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ । विजेताहरूले मंसिर ३ गते बिहान ८ बजे फाइनल खेल्नेछन् । विजेताले नगद १५ हजार र उपविजेताले नगद ९ हजार ५ सय पाउने छन् । साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले व्यक्तिगत अवार्ड समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार