मुख्य समाचार
विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने |

राष्ट्रध्यक्ष जस्तो सँस्था सभामुख, उपसभामुख जस्तो होइन : शेरधन राई

रेवती रमण निरौला 160+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

लेटाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुनेतर्फ जोड दिनुभयो । मोरङको लेटाङमा नेकपा एमाले लेटाङ नगर कमिटीको दोश्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले राष्ट्रध्यक्ष जस्तो सँस्थ सभामुख, उपसभामुख जस्तो नभइ संविधानको संरक्षक तथा सेनाको परमाधिपति समेत भएकाले कुनै दल विशेषमा जोडिन नहुने उल्लेख गर्नुभयो । 

उहाँले राष्ट्रपति जस्तो सँस्थाको विषयमा नेकपा एमाले जस्तो पार्टीले के थिति बसाउने भन्ने विषय महत्वपूर्ण रहेको भन्दै राष्ट्राध्यक्षलाई सबैले स्विकार गर्नुपर्छ भन्ने कुराको आधारमा पार्टीले स्पष्ट मान्यता अघि ल्याएको प्रष्ट पार्नुभयो । 

संविधानले राष्ट्राध्यक्षको परिकल्पना बेग्लै ढंगले गरेकाले कुनै व्यक्ति विशेषलाई हेरेर नभइ राष्ट्राध्यक्षको गरिमालाई ख्याल गर्दै पार्टीले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन नहुने निर्णय गरेको उहाँको भनाइ छ । पात्र विद्या भण्डारीका कारण नभइ सँस्थाको सन्दर्भमा पार्टीले यस्तो निर्णय गरेको पनि नेता राईले बताउनुभयो ।  

नेता राईले भदौ २०, २१ र २२ गते पार्टीले काठामाडौँमा विधान महाधिवेशन आयोजना गरेको जानकारी दिँदै भदौ १० गते भित्र सुझाव पठाउन मातहतका कमिटीहरुलाई आग्रह गर्नुभयो ।  

लेटाङको सन्दर्भमा चर्चा गर्दै नेता राईले नयाँ निर्वाचित कमिटीमा उत्तर दक्षिण तथा पूर्व र पश्चिम फर्किएका लेटाङका नेताहरुलाई एकतावद्ध बनाएर पार्टी निर्माण गरि मिसन ८४ सफल पार्ने जिम्मेवारी रहेको बताउनुभयो । लक्ष्य, उद्देश्य र गन्तव्य एउटै भएपनि पार्टी भित्र नेताहरुबीच अन्तरविरोध देखिएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले एक भएर जानुपर्ने बताउनुभयो । 

नयाँ निर्वाचित हुने कमिटीलाई भदौ भित्र वडा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी रहेको भन्दै उहाँले पार्टी केन्द्रले तयर गरेको मिसन अनुसार राष्ट्रिय संकल्पलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता राईले पार्टी भित्रका समस्याहरु ढिलोमा ६ महिना भित्र समाधान गरेर मिसन ८४ का लागि एकजुट भएर लाग्न निर्देशन पनि दिनुभयो ।   

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरे, केन्द्रीय कमिटी सदस्य युवाराज वास्कोटा, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य सचिवालय सदस्य डिल्ली शर्मा अधिकारी, प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावती, दिपेश राई, मोरङ जिल्ला अध्यक्ष अजम्बर राई लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

७५ सदस्यीय नगर कमिटी गठन हुनेमा अविधेशनले पदाधिकारी सहित ६१ सदस्य निर्वाचित गर्नेछ । अन्य सदस्य भने पछि मनोनित गरिनेछ । नगर अधिवेशनका लागि भदौ २ गते सबै वडाबाट एकैसाथ २ सय २७ जना प्रतिनिधि छनौट भएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार