मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

१४ अङ्क उक्लियो बजार, कारोबार रकममा गिरावट

मोरङ खबर 482+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

लेटाङ ।  आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १४.१७ अङ्क बढेर २ हजार ७२६.७२ बिन्दुमा अडिएको छ ।

आज ३३८ स्टकको १ करोड ७७ हजार २२२ कित्ता शेयर ५७ हजार ७८२ पटक किनबेच हुँदा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक सबैमा हरियाली छाएको थियो । आज व्यापार समूह सर्वाधिक २.५८ प्रतिशतले बढेको छ । लगानी र अन्य समूह मात्रै क्रमशः ०.४२ र ०.०८ प्रतिशतले घटेका छन् ।

आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २८ करोड ३३ लाख १९ हजार १४४ रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाईड्रो र एनआरएन इन्फ्रास्ट्रक्चर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले बढ्दा स्नो रिभर्सको शेयरमूल्य १३.७१ प्रतिशत, एपोलो हाईड्रोको ११.०४ र शिखर पावर डेभलपमेन्टको सेयरमूल्य ८.४६ प्रतिशतले बढेको छ ।

आज कुथेली बुखरी स्मल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले घटेको छ । बुङ्गल हाईड्रोको शेयरमूल्य ९.९३ र रिलायन्स स्पीनिङ मिल्सको शेयरमूल्य ४.४८ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ८६ अर्ब ५ करोड ८३ लाख ९ हजार ३८७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार