मुख्य समाचार
भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक |

सम्झनामा भानुभक्त

मोरङ खबर 472+ समाचार ( )
रचनाकार : गणेश प्रसाद दवाडी
३० असार २०८०, शनिबार

शीर्षक :  ` सम्झनामा  भानुभक्त  ´
छन्द    :   झ्याउरे  

पुरुष   एक   पौरुष    गर्ने    तनहुँ   माटोमा
नेपाली सारा  पक्डेर तारा भाषाको बाटोमा
समाती भाव  सरर दौडे  कोसीको पानी झैं
भानुले खोले नेपाली मनआँखाको नानी भै ।।
                            १
नेपाली  माटो  उर्वर   भयो  भानुका  कर्मले
रामको   गाथा  भिरेर  देश  उठ्दछ   गर्वले
आदर्श फुल्यो भ्रातृत्व घुल्यो नेपाली मर्मले
एकता जुट्यो विखण्डन फुट्यो भानुका धर्मले ।।
                             २
मोतीको साथ उज्यालो ज्योति छरियो संसार
कोइली  कण्ठ रामायणले फड्किन्छे  जँघार
पहाड घन्क्यो तराई टल्क्यो प्रश्नोत्तर मालाले
रामको गीता बधुको शिक्षा गाउँछन् शालाले ।।
                           ३
मनको निब चोबेर छोपे विशृङ्खल संस्कृति
झटारो हाने व्यङ्ग्यले छाने उखेल्न विकृति
कान्तिपुरका  रसिला  ठिटी रमिता प्रकृति
मनको दृष्टि काव्यले पुष्टि रसिला यी कति ।।
                          ४
आशक्त कवि  सीताको छवि नेपाली छटामा
रामका   कृति  पुर्याए  उनी शिवत्व  सत्तामा
रणमा  थियो  घाँसीको प्रण  भानुले  चियाए
बुद्धि  र सीप विवेक साँधी  यो  देश  उध्याए ।।
                            ५
नेपाल आमा रहुञ्जेल भानु भानु झैं चम्कन्छन्
साहित्याकाश ढाकेर भानु हात्ती  झैं लम्कन्छन्
को सक्छ टिप्न  भानु प्रकाश ढाकिन्छन् सर्वत्र
बल्दिन्न  शशी नभई  भानु  भानु छन्  स्वतन्त्र ।।
                            ६
टुक्रेको देश भाषाले जोड्ने लिएर गन्तव्य
सहेर कष्ट  रामायणबाट  पस्किए मन्तव्य
आदर्श गोडी कृतित्व छोड्ने महान  तत्वज्ञ  
अमर  सदा  विभूति तिमी छौँ  हामी  कृतज्ञ ।।
                            ७
सम्भ्रान्त कान्त पाइन्न अन्त भानु झैँ धरामा
लेउ झैँ जमी आसन लिन्छन् मनका सरामा
जाँहुँदि  रहुन्  नेपाली  चुँदि नसम्झी रहन्न्न
पुजिन्छन् भानु जनले पढी व्यर्थमा बहन्नन ।।
                           ८
रचनाकार : गणेश प्रसाद दवाडी
ठेगाना     : लेटाङ न .पा .वडा नम्बर ९ (नौ)
               मोरङ
इमेल      : dawadiganesh1@gmail.com

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार