मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

चिसाङको बाढी पार्टी खेतमा पस्यो, चिसाङ पुल दक्षिणमा समेत जोखिम, नगरपालिकाद्वारा बहाव खोलातर्फ फर्काउने काम सुरु (भिडियोसहित)

मोरङ खबर 482+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

लेटाङ । मनसुन सुरु भएसँगै गएरातिदेखि परेको वर्षाका कारण चिसाङ खोलामा आएको बाढी पसेर लेटाङ ६ पार्टीखेतमा क्षति पुर्याएको छ । भुवा र चिसाङ खोलाको दोभानबाट निर्माण गरिएको बाँध भन्दा दक्षिणतर्फबाट धार परिवर्तन गरि खोला पार्टी खेतमा छिरेको छ । खोला पसेर स्थानीयवासीको खेत बगाएको छ भने भर्खर रोपिएको केराको बगानमा पनि क्षति पुर्याएको छ ।

ठूलो बाढी पसेको अवस्थामा दर्जनौँ विगाहा जनिम बगाउने तथा चिसाङ खोलासँगैको लामिटार बस्ति समेत जोखिममा पर्ने देखिएको पार्टी खेत उपभोक्ता समितिका अध्यक्ष निर्मल थापा मगरले जानकारी दिनुभयो । तटबन्ध निर्माण भएको ठाउँमा स्पर निर्माण गरि खोलाको बहाब बीचतर्फ फर्काउनु पर्ने उहाँको भनाइ छ ।  

यस्तै स्थानीय कुलबहादुर सुब्बाले आफ्नो खेतको बिचबाटै बाढी पसेर खेत बगाउनुका साथै आफुले लगाएको केराखेतिमा समेत क्षति पुर्याएको बताउनुभयो । आफ्नो माछा फर्म र कुखुर फर्म समेत जोखिममा परेको उहाँको भनाइ छ । 

यसैबीच लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला र इञ्जिनियर भानुभक्त राईले सो क्षेत्रमा पुगेर स्थलगत अनुगमन गर्नु भएको छ । खोला बढेमा अझ ठूलो क्षति हुनसक्ने देखिएकाले तत्कालिन रुपमा खोलाको धार परिवर्तनका लागि काम सुरु गरिएको उपप्रमुख कृष्णाुकमारी निरौलाले जानकराी दिनुभयो । 

सो क्षेत्रबाट अवैधरुपमा ढुंगा उत्खनन् हुने गरेका कारण पनि खोलाले धार परिवर्तन गरेको पाइएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बताउनुभयो । जथभावीरुपमा अवैधरुपमा ढुंगा संकलन गर्दा त्यसले कटानको जोखिम बढेकाले स्थानीयवासीले पनि त्यस कार्यको निगरानी गर्नुपर्ने उहाँको भनाइ छ । 

यसैगरि लेटाङ नगरपालिका वडा नम्बर ३ स्थित चिसाङ पुल दक्षिणतर्फ समेत बाढीले जोखिम बढाएको पाइएको छ  । यसअघि नगरपालिका र कोशी वक्राहा आयोजनाको लगानीमा तटबन्ध निर्माण गरिएको ठाउँ भन्दा दक्षिणतर्फ जोखिम देखिएको हो ।

सो स्थानमा पनि खोलाको धार परिवर्तन गरि तत्काल खोलाको बीचमा लैजाने गरि काम गर्ने नगरपालिकाका इञ्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो । सो ठाउँबाट खोला पसेमा लेटाङ ३ को बेलडाँगी र कमलपुर वस्ती बगाउने संभावना रहेको स्थानीयवासीको भनाइ छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार