मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल

मोरङ खबर 407+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

पथरी । मोरङको पथरीशनिश्चरेस्थित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय तथा ऋतम्भरा कलेजका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखिकरण कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता तथा महानायक राजेश हमालको विशेष उपस्थितिमा पथरीशनिश्चिरेस्थित एक पार्टी प्यालेसमा विभिन्न साँस्कृतिक प्रस्तुतिसहित स्वागत तथा अभिमुखिकरण सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश प्रमुख खापुङले नेपाल विविध जातजाति, भाषाभाषी, संस्कृति भएको साझा फुलबारी भएकाले राष्ट्रिय अखण्डता र एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै महानायक राजेश हमालले रेडस्टार मावि र ऋतम्भरा कलेजका विद्यार्थीलाई थप शैक्षिक उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई आफ्ना अनुभवहरु सुनाउँदै विविध विषयमा उत्प्रेरणात्मक सन्देश दिनुभयो । 

कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी. एन. तिम्सिनाले विद्यालयले विगत ७ वर्षदेखि एसइई र कक्षा १२ मा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको जानकारी दिनुभयो ।    

कार्यक्रममा कक्षा १२ को हालै प्रकाशित नजिता अनुशार ३ दशमलव ९६  जिपिए ल्याएर उत्तीर्ण हुन सफल चन्दन शाहलाई प्रदेश प्रमुख परशुराम खापुङ र महानायक राजेश हमालले सम्मान गर्नुभयो ।  

कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत  भोईस अफ किड्स सिजन ४ का फाइनलिस्ट निश्चल लिम्बू, अवन्तिका बस्नेत, रिग्जन दर्नाल, लगायतका विद्यार्थीहरूले  महानायक हमालद्वारा अभिनित नेपाली  चलचित्रका गीतहरुको गायन तथा नृत्य प्रस्तुत गरेका थिए । 

विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरिरहँदा महानायक राजेश हमालले समेत स्टेजमा गएर विद्यार्थीहरुसँगै नाचिदिंदा कार्यक्रम थप रोमाञ्चक बन्न पुगेको थियो ।   

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाली फुटबल टिमका पूर्व क्याप्टेन हरि खड्का, पथरीशनिश्चरे नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, ईलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल, विद्यालयका संस्थापक  विजय डाँगी र सुजन बास्तोला लगायतको  आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार