मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

राजतन्त्रको जस्तै भए नेम्वाङका जेठा छोरालाई टीकट दिइन्थ्यो : अध्यक्ष खतिवडा (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

लेटाङ । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सबै  हिसावले उपयुक्त व्यक्ति भएकाले नै पार्टीले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको बताउनु भएको छ । शुक्रबार मोरङको लेटाङमा नेकपा एमाले नगर कमिटीको वैठकलाई सम्बोधन गर्दै अध्यक्ष खतिवडाले सबै हिसावले मूल्यांकन गर्दा चुनाव जित्नका लागि सुहाङ नेम्वाङ नै उपयुक्त हुने विश्लेषणका साथ उम्मेदवार बनाइएको बताउनु भयो । 

उहाँले सुहाङ युवा भएको, कानुनको विद्यार्थी भएको तथा राजनीतिप्रति सचेत पढेलेखेको व्यक्ति भएकाले समेत उपयुक्त उम्मेदवार भएको उल्लेख गर्नुभयो । सुहाङको उम्मेदवारीलाई लिएर राजतन्त्रको झल्को आएको भन्नु बेतुकको कुरा भएको बताउँदै अध्यक्ष खतिवडाले सुहाङलाई सुवासको छोरा भएर होइन पढेलेखेको राजनीतिप्रति सचेत युवा भएकाले पार्टीले टिकट दिएको बताउनुभयो ।

राजतन्त्रको जस्तो हो भने सुहाङलाई नभइ सुवास नेम्वाङका जेठा छोरालाई टिकट दिइने भन्दै उहाँले शोकको संवेदनालाई प्रयोग गरिएको भन्ने कुरामा पनि कुनै तुक नभएको दावी गर्नुभयो ।

“शोकको समवेदनालाई बाँड्न खोजिएको भए सुवास नेम्वाङकी श्रीमतीलाई, भाउजूलाई टीकट दिइन्थ्यो, तर हामीले कान्छो छोरालाई टिकट दियौं ।” उहाँले भन्नभयो, “किनभने उनी वकिल पनि हुन्, एलएलएम पढेका छन, योग्य पनि छन्, युवा आवश्यकता हो भनेर हामीले सुझबुझका साथ टीकट सुहाङलाई टिकट दिएका छौं, सुवासको छोरा भएर होइन ।” 

उहाँले पार्टीले ६ जनाको नाम सिफारिस गरि पठाएकोमा स्थानीय पार्टी नेताहरु तथा इलामेली जनताको सुझावको आधारमा समेत सुहाङलाई टीकट दिएको उल्लेख गर्नुभयो । अध्यक्ष खतिवडाले लेटाङका पार्टी कार्यकर्ताहरुलाई इलाममा रहेका आफ्ना आफन्तहरुसँग कुरा गरि सुहाङका लागि भोट माग्न समेत आग्रह गर्नुभयो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार