मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

सुन्दरहरैंचाका ३ वटा योजना समावेश गर्न सफल
नगर प्रमुख गुरागाईंको पहलमा सुन्दरहरैंचाका ३ ठूला योजना संघीय सरकारको बजेटमा समावेश

रेवती रमण निरौला 160+ समाचार ( )
मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंंको पहलमा नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका केही वहुवर्षिय ठूला योजना समावेश भएका छन् । नगर प्रमुख गुरागाईंको पहलमा गत जेठ १५ गते सार्वजनिक भएको आगामि आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका ३ वटा ठूला योजनाहरु बहुवर्षिय योजनाका रुपमा समावेश भएका हुन् ।
३१ जेठ २०८०, बुधवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंंको पहलमा नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका केही वहुवर्षिय ठूला योजना समावेश भएका छन् । नगर प्रमुख गुरागाईंको पहलमा गत जेठ १५ गते सार्वजनिक भएको आगामि आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका ३ वटा ठूला योजनाहरु बहुवर्षिय योजनाका रुपमा समावेश भएका हुन् । जसमा सुन्दरहरैंचा ७ स्थित गछिया खोलाको तटबन्धन निर्माण पनि परेको छ । नगर प्रमुख गुरागाईंको प्रत्यक्ष सहभागितामा जनश्रमदान तथा नगरपालिकाको समेत लगानीमा आंशिक क्षेत्रमा तटबन्धन निर्माण गरिएको गछिया खोलामा थप क्षेत्रमा तटबन्धन निर्माण गर्नका लागि नगर प्रमुख गुरागाईंले योजना पार्न सफल हुनु भएको हो । 

 यस्तै सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ स्थित कालिखोला धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि समेत नगर प्रमुख गुरागाईंले पहल गरि बहुवर्षिय योजनामा पार्न सफल हुनु भएको छ । निकै पहिलेदेखि नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको भएपनि पछिल्लो समय ओझेलमा पर्दै आएको कालिखोला धर्मिक पर्यटकीय क्षेत्रलाई नगर प्रमुखले विशेष प्राथमिकतामा राखेर योजनामा समावेश गर्न पहल गर्नु भएको थियो । यसैगरि उहाँले नगरमा खेल क्षेत्रको विकासका लागि सुन्दरहरैंचा ९ स्थित इन्द्रपुर रंगशालालाई पनि बजेटमा समावेश गर्न सफल हुनु भएको छ । सुन्दरहरैंचाको खेल क्षेत्रको विकासका लागि निकै महत्वका साथ हेरिएको इन्द्रपुर रंगशालालाई पनि नगर प्रमुखले प्राथमिकतामा राखेर बजेटमा समावेश गर्न पहल गर्नु भएको थियो । 

 जेठ १५ गते प्रस्तुत गरिएको आगामि आर्थिक वर्षको बजेटमा नयाँ योजना निकै कम रहेको अवस्थामा समेत नगर प्रमुख गुरागाईंले सुन्दरहरैंचाका ३ वटा योजना समावेश गर्न सफल हुनु भएको हो । बजेट बन्नु अघि नै राजधानी गएर सम्बन्धित व्यक्तिहरुसँग भेटघाट गरि पहल गरेर बजेट पार्न सफल हुनु भएको नगर प्रमुखका स्वकिय सचिव लक्ष्मी पोखरेलले जानकारी दिनुभयो । नगर प्रमुख गुरागाईंले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, युवा तथा खेलकुद मन्त्रालयका सचिव र अर्थ मन्त्रालयका सचिवलाई मन्त्रालयमै पुगेर योजनाको डिपिआर हस्तान्तरण गर्नु भएको थियो । यता नगरमा अघिल्लो आर्थिक वर्षको दायीत्व बढी हुँदा नयाँ ठूला योजना बनाउने संभावना कम देखेपछि नगर प्रमुख गुरागाईं बजेट निर्माणताका राजधानी जानु भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार