मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
हरेक महिनाको अन्तिम विहीबार नियमितरुपमा सेवा प्रदान गर्ने योजनाका साथ सेवा सुरु गरिएकोमा पहिलो दिन २३ जनाले सेवा लिएका छन् । नगरपालिकाले क्यान्सर रोगको विशेषज्ञ सेवा सुरु गरेपछि परामर्श र फलोअपका लागि काठमाडौँ लगायतका अन्य शहर धाउनुपर्ने बाध्यता हटेको छ
२६ वैशाख २०८२, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकाले लेटाङ नगर अस्पतालमा विहीबारदेखि क्यान्सर रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा विहीबारदेखि निःशुल्क रुपमा क्यान्सरको विशेषज्ञ सेवा सुरु गरिएको हो । हरेक महिनाको अन्तिम विहीबार नियमितरुपमा सेवा प्रदान गर्ने योजनाका साथ सेवा सुरु गरिएकोमा पहिलो दिन २३ जनाले सेवा 

लिएका छन् । नगरपालिकाले क्यान्सर रोगको विशेषज्ञ सेवा सुरु गरेपछि परामर्श र फलोअपका लागि काठमाडौँ लगायतका अन्य शहर धाउनुपर्ने बाध्यता हटेको छ । नगरमै सेवा सुरु भएकाले अब समय र खर्च दुवै बचत हुने भन्दै क्यान्सरका विरामीहरुले खुशी व्यक्त गरेका छन् ।   

सेवा सुरु भएसँगै क्यान्सरको शंका भएका व्यक्तिहरुलाई चेकजाँच गराउन, क्यान्सरको विरामी भएर औषधि खाइरहेकाहरुलाई परामर्श लिन र सरकारबाट पाउने आर्थिक सहयोगका लागि फलोअप गराउन सहज हुने अस्पतालले जनाएको छ । 

नगर क्षेत्रमा पछिल्लो समय क्यान्सरका विरामीहरुको संख्या बढ्दै गएकाले समयमै थाहा पाएर उपचार गराएमा ज्यान जाने जोखिम कम हुने भएकाले नगरमै सेवा सुरु गरिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । यसका साथै क्यान्सरका विरामीहरु फलोअपका लागि विराटनगर, भरतपुर र काठमाडौँसम्म जानुपर्दा उनीहरुलाई थप समस्या भएकाले नगर अस्पतालमै सेवा सुरु गरिएको उहाँको भनाइ छ । 

हरेक महिनाको अन्तिम विहीबार प्रदान गरिने क्यान्सर रोगको विशेषज्ञ सेवा अन्तरगत वैशाख महिनाको अन्तिम विहीबार २३ जनाले सेवा लिएका छन् । लेटाङ १ की ज्योती लिम्बू यसरी नगर अस्पतालमै सेवा लिन पाएपछि क्यान्सरको फलोअपका लागि अन्य शहरमा पुग्दा लाग्ने समय र खर्च दुवैको बचत भएको बताउनुहुन्छ ।

लेटाङ ५ का गणेशप्रसाद पौडेल श्रीमतीलाई फलोअपका लागि काठमाडौँसम्म लैजानु परिरहेका बेला नगर अस्पतालबाटै सेवा पाएपछि हजारौँ रकम र समय समेत बचत भएकोमा खुशी लागेको बताउनुहुन्छ । 

लेटाङ नगरपालिकाले पछिल्लो समय नगर अस्पतालमा भिडियो एक्सरे सेवा तथा मानशिक रोग र क्यान्सर रोगको विशेषज्ञ सेवा सुरु गरेको छ भने चाँडै आँखाको उपचार सेवा पनि सुरु गर्ने तयारी गरेको छ । नगरवासीलाई नगर अस्पतालबाट बढी भन्दा बढी सेवा प्रदान गर्ने उद्देश्यले काम भइरहेको उपप्रमुख निरौलाको भनाइ छ ।  

लेटाङ नगरपालिकाले पछिल्लो समय लेटाङ नगर अस्पतालको भौतिक विकास र सेवा सुविधालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

नगर अस्पतालमा स्थायी रुपमा ३ जना एमवीवीएस डाक्टरबाट सेवा प्रदान हुँदै आएको छ भने, २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा छ । यस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा तथा आवाससहितको प्रसुती सेवा पनि सञ्चालनमा छ ।   

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार