मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब

रेवती रमण निरौला 160+ समाचार ( )
५ जेठ २०८२, आइतबार

इटहरी । लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका नरेन्द्र दंगालले इटहरीमा रिसोर्स एजुकेशन हब प्रा. लि. नामको शैक्षिक परामर्श केन्द्र कन्सल्टेन्सी सञ्चालनमा ल्याएका छन् । इटहरीको धरान लाइनस्थित स्काइ प्लाजामा रहेको रिसोर्स एजुकेशन हब प्रा. लि. नामक कन्सल्टेन्सीको आइतबार विशेष समारोहकाबीच  उद्घाटन गरिएको छ । 

रिसोर्स एजुकेशन हब प्रा. लि. का अध्यक्ष नरेन्द्र दंगालको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरुको सँस्था राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदशेका अध्यक्ष सन्तोष कुरुङवाङले रिवन काटेर कन्सल्टेन्सीको उद्घाटन गर्नुभयो । कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदशेका सँस्थापक अध्यक्ष मोहन विक्रम तिगेला, कोषाध्यक्ष चन्दन माझी, इटहरी जेसीजका मासचिव मिलन कार्की लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै वक्ताहरुले लामो समय शैक्षिक परामर्श क्षेत्रमा इमान्दारीताका साथ काम गर्दै आएका दंगालको अनुभव र इमान्दारिताका कारण रिसोर्स एजकुशनले चाँडै  सफलता हासिल गर्ने बताएका छन् । उनीहरुले सँस्थाको नाम नयाँ भएपनि सञ्चालक नरेन्द्र दंगालसँग करिव २० वर्षदेखिको अनुभव रहेका कारण गुणस्तरीय सेवा प्रदान हुनेमा ढुक्क हुन विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गरेका छन् ।  

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदशेका सचिव समेत रहेका दंगालले करिव २० वर्षको अनुभव र इमान्दारिता नै आफ्नो मुख्य पहिचान रहेको भन्दै यसअघिको विश्वासलाई कायम राखेर सेवा प्रदान गर्ने बताउनुभयो ।

करिव २० लाखको लागतमा सञ्चालनमा ल्याएको रिसोर्स एजुकेशनबाट अष्ट्रेलिया, युके, अमेरिका, कोरिया, क्यानडा र जापान लगायतका मुलुकका लागि शैक्षिक परामर्श सेवोको काम गरिने सञ्चालन दंगालले जानकारी दिनुभयो । साथै आइइएलटीएस, पीटीइ, स्याट जस्ता भाषका कक्षा समेत सञ्चालन गरिने जनइएको छ । 

प्रतिक्रिया

Khem chandra Niraula ५ जेठ २०८२, आइतबार

Congratulations vanja babu🎉🎉❤️

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार