मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |
मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |


लेटाङको बजेट ६१ करोड छ लाख, वडा नम्बर १ मा सबैभन्दा बढी बजेट

रेवती रमण निरौला 160+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि  ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको बजेट ल्याएको छ । मंगलबार बसेको लेटाङ नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गर्नु भएको बजेट तथा कार्यक्रम सर्वसहमतिले पारित भयो ।

६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको बजेटमध्ये चालुतर्फ ४२ करोड १७ लाख ६० हजार चार सय र पुँजिगततर्फ  १८ करोड ८८ लाख ६७ हजार आठ सय रुपियाँ विनियोजन गरिएको छ । 

  नगरपालिकाले भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा बढी आठ करोड ५६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकासमा पनि सबैभन्दा बढी बजेट नगर गौरवको योजनाको रुपमा संघीय सरकारसँगको साझेदारीमा लेटाङ १ मा निर्माणाधित अन्तरधार्मिक शान्ति पार्कलाई १ करोड विनियोजन गरिएको छ ।

यस्तै अन्य ठूला योजना अन्तरगत प्रदेश सरकारसँगको साझेदारीमा लेटाङ ५ स्थित बुद्ध मार्ग कालोपत्रे गर्नका लागि ६० लाख र लेटाङ १ स्थित लोखरा र लाखमा कालोपत्रेका लागि ६० लाख नै विनियोजन गरिएको छ । 

यसैगरि वडा नम्बर ५ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख, लेटाङ १ स्थित मुर्चुङ्गि खोलामा निर्माणाधिन पुलका लागि ३६ लाख, लागत सहभागिताको कार्यक्रमका लागि  ३५ लाख, लेटाङ १ कोल्बोटे खोलामा कजवे निर्माणका लागि २० लाख, एक वडा एक नगर गौरवको आयोजनाका लागि प्रत्येक वडालाई २५ लाख का दरले जम्मा २ करोड २५ लाख रुपियाँ बजेट छुट्याइएको छ । 

नगरपालिकाले सामाजिक विकास तर्फ कूल ३ करोड ४१ लाख ४२ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद विकास लगायत क्षेत्र पर्दछन् ।

जसमा शिक्षातर्फ एक करोड ८३ लाख, स्वास्थ्यमा ७६ लाख ५२ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ ३६ लाख १० हजार, युवा तथा खेलकुद विकासतर्फ  ३० लाख ८० हजार, भाषा संस्कृति प्रवर्धन तथा संरक्षणतर्फ १० लाख र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण तर्फका कार्यक्रमका लागि ५ लाख बजेट छुट्याएको छ । 

यसैगरि आर्थिक विकासतर्फ तीन करोड सात लाख एक हजार दुई सय रुपियाँ विनियोजन गरिएको छ । आर्थिक विकास अन्तरगत सबै भन्दा बढी जलश्रोत तथा सिंचाईतर्फ ९३ लाख, पशु सेवातर्फ ६१ लाख ४५ हजार, पर्यटन विकासतर्फ ५४ लाख, कृषितर्फ ५० लाख, उद्योग विकासतर्फ ३० लाख ८४ हजार, भूमि व्यवस्था तथा घर नक्सातर्फ ११ लाख २२ हजार दुई सय र सहकारी विकासतर्फ छ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । 

नगरसभाले कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २० लाख रुपियाँ छुट्याएको छ । जसमध्ये सबैभन्दा बढी कर्मचारीको पारिश्रमिकका लागि २ करोड ६५ लाख र करारका कर्मचारीको पारिश्रमिकका लागि २ करोड ५५ लाख विनियोजन गरिएको छ । 

नगरसभाले ९ वटा वडालाई ५ करोड ८५ लाख रुपियाँ विनियोजन गरेको छ । ९ वटा वडामध्ये सबै भन्दा बढी वडा नम्बर १ का लागि र सबै भन्दा कम वडा नम्बर ४ का लागि बजेट विनियोजन गरेको छ । सबै भन्दा कम र सबैभन्दा बढी बजेटको अन्तर भने करिव तीन लाख मात्र रहेको छ । 

 नगरसभाले नम्बर १ का लागि ६६ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । यस्तै वडा नम्बर २ का लागि ६४ लाख ६७ हजार, वडा नम्बर ३ का लागि ६४ लाख १० हजार, वडा नम्बर ४ का लागि ६३ लाख ८५ हजार, वडा नम्बर ५ का लागि ६५ लाख ७७ हजार, वडा नम्बर ६ का लागि ६४ लाख ५२ हजार, वडा नम्बर ७ का लागि ६५ लाख ५५ हजार, वडा नम्बर ८ का लागि ६४ लाख १६ हजार र वडा नम्बर ९ का लागि ६५ लाख ८१ हजार रुपियाँ विनियोजन गरिएको छ । 

नगरसभाले भौतिक पूर्वाधार विकासतर्फ, सामाजिक विकासतर्फ, आर्थिक विकासतर्फ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ र ९ वटा वडाको वडा सिलिङ गरि कूल जम्मा ३५ करोड पाँच लाख ९३ हजार दुई सय रुपियाँ बजेट विनियोजन गरेको छ ।  

  यसैगरि प्रदेश सरकारबाट सशर्त अनुदानको कार्यक्रमका लागि ९० लाख ३५ हजार र समपुरक अनुदानको कार्यक्रमका लागि ८० लाख गरि जम्मा एक करोड ७० लाख ३५ हजार रुपैयाँको कार्यक्रम बजेटमा समावेश गरिएको छ । जसमा समपुरक अनुदान अन्तरगत नगरसँगको साझेदारीमा वुद्ध मार्ग कालोपत्रेका लागि ४० लाख र लोखरा÷लाख मार्ग कालोपत्रेका लागि ४० लाख गरि ८० लाखको कार्यक्रम बजेटमा समावेश छ । 

यस्तै संघीय सरकारबाट सशर्त अनुदानतर्फ २२ करोड ६१ लाख, समपुरक अनुदानतर्फ एक करोड र विशेष अनुदान ६९ लाख गरी कूल २४ करोड ३० लाखको कार्यक्रम समावेश गरिएको छ । समपुरकमा अन्तरधार्मिक शान्तिपार्कका लागि नगरसँग साझेदारी गर्न एक करोड र विशेष अनुदान अन्तरगत शान्ति भगवती माविमा छात्रावासको तला थप गर्नका लागि ६९ लाख बजेट समावेश गरिएको छ ।  

यसरी नगरपालिकाको ३५ करोड पाँच लाख ९३ हजार दुई सय, प्रदेश सरकारको एक करोड ७० लाख, ३५ हजार र संघीय सरकारको २४ करोड ३० लाख गरि कूल ६१ करोड छ लाख २८ हजार दुई सयको बजेट तथा कार्यक्रम निर्माण गरिएको हो । 

वडा नम्बर १ मा सबै भन्दा बढी बजेट   

     लेटाङ नगरपालिकाको १७ औँ नगरसभाले पारित गरेको आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रममा सबै भन्दा बढी बजेट वडा नम्बर १ लाई परेको पाइएको छ । संघीय सरकार र नगरपालिकाको सहकार्यमा वडा नम्बर १ स्थित राजारानीमा निर्माणाधिन अन्तरधार्मिक शान्ति पार्कका लागि दुई करोड बजेट विनियोजन गरिएको छ ।

जुन योजना नगरपालिकाकै सबै भन्दा बढी बजेट विनियोजन भएको एक मात्र योजना हो । यसैगरि वडा नम्बर १ कै लोखरा र लाखमा सडक कालोपत्रे गर्नका लागि नगरबाट ६० लाख र प्रदेशबाट ४० लाख गरि एक करोड बजेट छुट्टिएको छ ।

यस्तै वडा नम्बर १ को मुर्चुङ्गी खोलामा पुल निर्माणका लागि ३६ लाख र कोलबोटे खोलामा कजवेका लागि २० लाख बजेट विनियोजन भएको छ । यसैगरि वडा सिलिङ अन्तरगत पनि वडा नम्बर १ ले सबै भन्दा बढी बजेट पाएको छ । 

   यस्तो छ आम्दानीको अनुमान 

नगरको आम्दानी तर्फ आन्तरिक आयबाट दुई करोड ७२ लाख ३५ हजार, दहत्तर बहत्तर दुई करोड १० लाख, गतवर्ष खर्च नभएको अल्या दुई करोड ५० लाख, संघीय सरकार राजश्व वाँडफाँड ११ करोड ८३ लाख २२ हजार दुई सय, प्रदेश राजश्व वाँडफाँड ८५ लाख ५० रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै मालपोतबाट एक करोड २५ लाख र  मनोञ्जन करबाट १२ लाख ५० हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरि संघ र प्रदेश सरकारले दिने समपुरक र समानीकरण अनुदान समेत गरी कुल ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको आम्दानी अनुमान गरिएको हो ।


प्रतिक्रिया

jitu yadi magar ११ असार २०८२, बुधवार

Letang 5 ko puxar hulaki marga ra letang 1 ko kise jharana ko lagi cha yo bajet le nasameteko ho ki yo 2 ota yojana ko thau letang ko naksa vitra parfaina vanidinu paryo.

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार