मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |
मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |


लेटाङ–९, वाह्रगोठेमा बंगुरपालन प्रवर्धन कार्यक्रम सुरु, ३८ जना कृषकलाई पाठापाठी वितरण (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
वंगुर लैजाने कृषकहरुलाई जुकाको औषधि, भिटामिन, जैविक सुरक्षका लागि प्रतिव्यक्ति ५ केजीका दरले चुना वितरण गरिएको छ । बंगुरको स्वास्थ्य जाँच गरि स्वाइन फिभरको भ्याक्सिन समेत लगाएर कृषकहरुलाई हस्तान्तरण गरिएकोमा आगामी दिनमा औषधि उपचारमा पनि सहयोग गर्ने नगरपाल
१७ वैशाख २०८२, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाले लेटाङ ९ बाह्रगोठेमा बंगुरपालन प्रवर्धन कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले बंगुरपालन क्षेत्रको रुपमा छनौट गरेको लेटाङ नगरपालिका वडा नम्बर ९ बाह्रगोठेका ३८ जना कृषकहरुलाई १\१ वटा बंगुरको पाठापाठी वितरण गर्दै कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावती, लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र टोल विकास सँस्थाका अध्यक्ष भूपेश लिम्बू लगायतले कृषकहरुलाई पाठा वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभयो । 

कोशी प्रदेश सरकारमार्फत सञ्चालित कार्यक्रम अन्तरगत लेटाङ नगरपालिकाले कृषकसँगको लागत साझेदारीमा बंगुरपालन प्रवर्धन कार्यक्रम सुरु गरिएको जानकारी दिइएको छ । कोशी प्रदेश सरकारबाट प्राप्त ५ लाखमा कृषक साझेदारीबाट प्राप्त ५७ हजार गरि कूल ५ लाख ५७ हजार बजेट सीमा भित्र रहेर ३८ जनाको समूह गठन गरि तालिम समेत प्रदान गरेर प्रत्येक व्यक्तिलाई  १\१ वटा बंगुरको पाठापाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ । ३८ जना मध्ये ३५ जनालाई पाठी र ३ जनलाई पाठा अर्थात विर वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाको पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठले कृषकहरुको समूह गठन, उनीहरुलाई तालिम सञ्चालन, पाठापाठी खरिद, औषधि खरिद, अनुगमन तथा प्रतिवेदन र विमा लगायतका कार्यमा भएको खर्चको विवरण प्रस्तुत गर्नुभयो । 

उहाँले प्रकृया पुर्याएर खरिद नियमावली अनुशार कृषि फर्महरुसँग प्रस्ताव आह्वान गरेकोमा न्यून दररेट पेश गर्ने फर्मबाट ३५ वटा पाठीलाई ८ हजारका दरले २ लाख ८० हजार र ३ वटा पाठा (विर) लाई १२ हजारका दरले ३६ हजारमा खरिद गरिएको जानकारी दिनुभयो । उहाँले कृषक समूह गठन, कृषक तालिम, औषधि तथा जैविक सुरक्षा सामाग्री खरिद, वंगुरको विमा र अनुगमन तथा प्रतिवेदन लगायतका शीर्षकमा रकम खर्च भएको पनि जानकारी दिनुभयो । 

यस्तै कार्यपालिका सदस्य तथा खरिद समिति सदस्य ओमप्रकाश विश्वकर्माले बाह्रगोठेलाई बंगुर पालनको क्षेत्र तोकेर तालिम समेत प्रदान गरेर पाठापाठी वितरण गरिएको जानकारी दिनुभयो । उहाँले कार्यक्रम अन्तरगत बंगुरको विमा समेत गरिएकाले समयमै विमा दावी गरेर क्षति हुनबाट बच्न कृषकहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले कृषकहरुलाई हस्तान्तरण गरिएको वंगुरको औषधि उपचारमा समेत नगरपालिकाले नै सहयोग गर्ने जानकारी दिनुभयो ।    

कार्यक्रममा बोल्दै बाह्रगोठे टोल विकास सँस्थाका अध्यक्ष भूपेश लिम्बूले नगरपालिकाले नमुनाको रुपमा सुरु गरेको कार्यक्रम स्वागत योग्य भएको बताउनुभयो । उहाँले कार्यक्रम राम्रो भएपनि टोल विकास सँस्था र बंगुरपालन समूहका कृषकहरुलाई खरिद प्रकृयामा समावेश नगरिएकोमा गुनाशो गर्नुभयो । 

यसैगरि लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले आफुले लेटाङ ९ बाह्रगोठेमा नै वंगुरपालन कार्यक्रम गर्नुपर्छ भनेर गरेको प्रस्तावलाई स्विकार्दै कार्यक्रम ल्याएको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले बंगुरका पठापाठी वितरण गरिएकोमा अबका दिनमा औषधि उपचार र परामर्श प्रदान गरेर सहयोग गर्न पशुप्राविधिकहरुलाई आग्रह गर्नुभयो । 

 कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकाले पशु अस्पताल सञ्चालनमा ल्याएकाले त्यसबाट नगरवासीहरुले लाभ लिनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले प्रदान गरेको एउटा बंगुरबाट सुरु गरेको व्यवसायलाई अझ विस्तार गर्दै अघि बढ्न कृषकहरुलाई आग्रह गर्नभयो । उहाँले बंगुरको पठापाठी खरिद प्रकृयाका विषयमा गुनाशो आएको भन्दै यस्ता विषयमा चनाखो भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

यसैगरि नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले कोशी प्रदेश सरकारमार्फत आएको बजेटबाट बंगुरपालन प्रवर्धन कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले कृषकहरुलाई मेहनत गरेर राम्रो प्रतिफल आउने गरि बंगुरपालन गरेको खण्डमा अर्को वर्ष संघ र प्रदेशले कार्यक्रम नराखे पनि नगरपालिकाले कार्यक्रम सञ्चालन गर्ने बतउनुभयो । उहाँले कार्यक्रम सञ्चालन गर्दा टोल विकास सँस्थासँग समन्वय नगरेको गुनाशो आएको भन्दै आगमी दिनमा जिम्मेवार भएर टोल विकाससँग समन्वय गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।  

कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा सामाजिक विकास समिति प्रमुख रामकुमार श्रेष्ठ, पशु शाखाका कर्मचारीहरु, बंगुरपालन समूहका पदाधिकारीहरु लगायत स्थानीय कृषकहरुको उपस्थिति रहेको थियो । 

यसैबीच कृषकहरुलाई बंगुर वितरण गरेकै बेला विमा समेत गरिएको छ भने सबै कृषकहरुलाई औषधि पनि वितरण गरिएको छ । वंगुर लैजाने कृषकहरुलाई जुकाको औषधि, भिटामिन, जैविक सुरक्षका लागि प्रतिव्यक्ति ५ केजीका दरले चुना वितरण गरिएको छ । बंगुरको स्वास्थ्य जाँच गरि स्वाइन फिभरको भ्याक्सिन समेत लगाएर कृषकहरुलाई हस्तान्तरण गरिएकोमा आगामी दिनमा औषधि उपचारमा पनि सहयोग गर्ने नगरपालिकाको पुशपन्छी शाखाले जनाएको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 


प्रतिक्रिया

अोम प्रकाश विश्वकर्मा १७ वैशाख २०८२, बुधवार

बुझाईमा थोरै त्रुटि भएछ म अार्थिक विकास समिति को सदस्य हो तर खरिद समिति मा पर्दिन । बंगुर कार्यक्रम बाह्गोठे मा राख्नु पर्छ र सफल पार्न हामी सबैको ठूलै मेहनत रह्यो

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार