मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

साना किसान कृषि सहकारी लेटाङद्वारा लेखा सम्बन्धि तालिम सम्पन्न (भिडियोसहित)

मोरङ खबर 473+ समाचार ( )
२७ माघ २०८०, शनिबार

लेटाङ । साना किसान कृषि सहकारी संस्था लिमिटेड लेटाङले सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरुका लागि लेखा सम्बन्धि एकदिने तालिम प्रदान गरेको छ । संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरेको अध्यक्षता तथा साना किसान कृषि सहकारी केन्द्रीय संघका सञ्चालक समिति सदस्य खगेन्द्रराज भण्डारीको प्रमुख आतिथ्यतामा तालिम सञ्चालन गरिएको हो ।

संस्थाको सभाहलमा भएको तालिममा चार्टर एकाउन्टेन्ट सुवास आचार्य र रविन ढकालले सहजिकरण गर्नुभयो । तालिममा संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरे, उपाध्यक्ष मेनुका आचार्य सुवेदी लगायतका पदाधिकारी तथा सदस्यहरु, लेखा समिति संयोजक बाल कुमार श्रेष्ठ लगायत लेखा समितिका सदस्यहरु, सँस्थाका प्रवन्धक मनोज विष्ट लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा लेटाङ क्षेत्रमा कृयाशील अन्य छिमेकी साना किसान कृषि सहकारीका पदाधिकारी तथा कर्मचारीको समेत सहभागिता रहेको थियो । 

नेपाल सरकारले सहकारीको लेखा सम्बन्धि नयाँ ढाँचा लागु गर्न लागेकाले त्यसको तयारी स्वरुप सञ्चालक र कर्मचारीहरुलाई तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो । संस्थाका प्रवन्धक मनोज विष्टका अनुशार लेखा विधिलाई नयाँ ढाँचामा लैजाने तयारी स्वरुप संस्थाकै आयोजनामा एनएफ आरएस फर एसएम इएस विषयको तालिम प्रदान गरिएको हो ।

साविकको लेटाङ गाविस कार्यक्षेत्र रहेको यस सहकारीले खासगरि कृषि, पशुपालन र लघुउद्यमको क्षेत्रमा लागनी गर्दै आएको छ । साथै कृषकहरुलाई विभिन्न राहत अनुदानका कार्यक्रम सञ्चालन गर्नुका साथै तालिमहरु समेत प्रदान गर्ने गरेको छ । विक्रम संवत् २०५२ सालमा स्थापना भएको यस सहकारीमा हाल ३ हजार १ सय शेयर सदस्य रहेका छन् ।

भिडियो हेर्न  https://fb.watch/q7jc943upm/ मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार