मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङको कृषि र पर्यटन विकासमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
३२ असार २०८१, सोमबार

लेटाङ । लेटाङ नगरपालिकाले वृहत कार्यक्रम गरि आर्थिक वर्ष ०८१\०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि लेटाङ नगरपालिकाले गत असार १० गते सम्पन्न १५ औँ नगरसभाबाट स्वीकृत बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट पुस्तिका अनावरण गर्दै लेटाङ नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले लेटाङ नगरपालिकाले सबै क्षेत्रलाई समेटेर परिपक्व बजेट ल्याएको भन्दै लेटाङको कृषि क्षेत्र र पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लेटाङ नगरपालिका मह उत्पादनमा प्रख्यात रहेको भन्दै कफि खेति समेत सुरु गरेकोमा प्रदेश सरकारले अवाश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मुख्यमन्त्री कार्कीले लेटाङ नगरपालिका कृषि र पर्यटनको प्रचूर संभावना बोकको ठाउँ रहेको भन्दै विशेष समय मिलाएर लेटाङको कृषि उत्पादन र पर्यटन क्षेत्रबारे अवलोकनका लागि आउने पनि बताउनुभयो ।  

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २०८२ साललाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारको बजेट निर्माण गर्ने क्रममा पालिकाहरुसँग छलफल गरेर योजना माग गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले पहिचानवादीहरुलाई संवाद र वार्तामा आउन आग्रह समेत गर्नुभयो । आफूले मुख्यमन्त्री हुँदा पहिचान र धर्म संस्कृतिको संरक्षणका लागि धेरै काम गरेको भन्दै उहाँले आफू पहिचान विरोधि नरहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले निशेधको राजनीति त्यागेर संवाद र छलफलबाट समाधान खोज्न पहिचानवादीहरुलाई आग्रह पनि गर्नभुयो । 

कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तथा पूर्वसांसद् घनश्याम खतिवडाले लेटाङ क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरु बारे उल्लेख गर्नभुयो । उहाँले मदन भण्डारी राजमार्गका कारण लेटाङ क्षेत्रको विकासले गति लिएको भन्दै उत्तर दक्षिण जोड्ने विभिन्न राजमार्गहरुको स्तरोन्नती गर्नुपर्ने अवाश्यकता औंल्याउनुभयो । 

कार्यक्रमका सभाध्यक्ष समेत रहनु भएको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङ नगरपालिकाले गत आर्थिकवर्षमा गरेका कामको समीक्षा गर्दै आगामी आर्थिक वर्षको बजेटका विशेषता बारे जानकारी गराउनुभयो । कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्षको बजेटको मुख्य अंश बाचन गर्नुभयो ।  आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ६० करोड ८५ लाख ३७ हजारको बजेट ल्याएको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, कोशी प्रदेशका पूर्वसांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख डीपी राई, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापो, लेटाङका पूर्वनगर प्रमुख शंकर राई, विभिन्न दलका प्रतिनिधिहरु, सामाजिक संघसँस्थाका प्रतिनिधिहरु लगायतको समेत आतिथ्यता रहेको थियो । 

कार्यक्रममा नगरपालिकाले विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सेवानिवृत्त शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट कृषक, एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, नगरमा रहेका डाक्टर, पाइलट, खेलाडी, सामुदायीक वन लगायतलाई पनि सम्मान गरिएको छ । 

साथै कार्यक्रममा स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले स्टल राखेर स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको थियो । लेटाङमा उत्पादित मह, कफि, सुपारीको टपरी, जुत्ताचप्पल, खाद्यान्न, ढाकाका कपडा, केराबाट धागो बनाउने प्रविधि, बाँसका कलात्मक समाग्री आदिको स्टल राखिएको थियो । यस्तै स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले नै कार्यक्रममा सहभागी भएका करिव ५ सय जनालाई स्थानीय क्षेत्रमा उत्पादित कोदो र फापरको रोटी तथा गुन्दूककको अचार खुवाइएको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार