मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

बाघचालमा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन

रेवती रमण निरौला 160+ समाचार ( )
लेटाङ खेलकुद महोत्सव अन्तरगत मंगलबार सम्पन्न बाघचाल प्रतियोगितामा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन बनेका छन् । नगरपालिकामै पहिलोपटक परम्परागत बाघचाल खेलको प्रतियोगिता सञ्चालन गरिएकोमा लेटाङ ५ का चन्द्रकुमार श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै रामकुमार श्रेष्ठ च्याम्पियन बनेका हुन् ।
६ फाल्गुन २०८१, मङ्गलबार

लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत मंगलबार सम्पन्न बाघचाल प्रतियोगितामा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन बनेका छन् । नगरपालिकामै पहिलोपटक परम्परागत बाघचाल खेलको प्रतियोगिता सञ्चालन गरिएकोमा लेटाङ ५ का चन्द्रकुमार श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै रामकुमार श्रेष्ठ च्याम्पियन बनेका हुन् ।  

रामकुमार श्रेष्ठसँग पराजित भएका लेटाङ ६ का चन्द्रकुमार श्रेष्ठ दोश्रो भए भने लेटाङ ३ का पर्वतमान राई तेश्रो भएका छन् । ७७ वर्षिय राईले लेटाङ ४ का ९१ वर्षिय दुर्गाबहादुर श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै तेश्रो स्थान हासिल गरेका हुन् । प्रतियोगितमा जम्मा २२ जना खेलाडीले सहभागीताका लागि नाम दर्ता गरेकामा ३ जना अनुपस्थित रहेको बाघचाल खेलका फोकल पर्सन नेत्र चुडालले जानकारी दिनुभयो । 

प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत २० वर्षिय युवादेखि ९१ वर्षका जेष्ठ नागरिकले समेत सहभागीता जनाएका थिए । बाघचाल खेलको संरक्षण तथा विकास गर्नका लागि नगरपालिकाले खेलकुद महोत्सवमा सो खेल समावेश गरि प्रतियोगिता सञ्चालन गरेको हो । 

बाघचालमा प्रथम हुनेले ट्रफिसहित नगद ८ हजार, दोश्रो हुनेले ५ हजार र तेश्रो हुनेले ३ हजार पुरस्कार पाउनेछन् । भोलि बुधबार जनसेवा खेल मैदानमा हुने समापन समारोहमा पुरस्कार वितरण गरिनेछ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार