मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

पूर्वमन्त्री लिम्बूद्वारा चुनावी भेटघाट सुरु, पत्रकारसँग सुझाव माग

रेवती रमण निरौला 160+ समाचार ( )
२७ मंगशिर २०८२, शुक्रबार

लेटाङ । नेपाली काँग्रेस मोरङका सभापति, संघीय सरकारका पूर्व खेलकुदमन्त्री तथा मोरङ क्षेत्र नम्बर १ का पूर्वसांसद् डिगबहादुर लिम्बूले आफ्नो क्षेत्रमा चुनावी भेटघाटलाई अघि बढाउनु भएको छ । सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तय गरेर निर्वाचन आयोगले प्रकृया अघि बढाएपश्चात नेपाली कांग्रेसले क्षेत्रीय समितिमार्फत उम्मेदवारको नाम सिफारिस गरेलगत्तै लिम्बूले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाउनु भएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ मोरङको क्षेत्रीय समितिले लिम्बूसहित ३ जनाको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारको रुपमा सिफारिस गरेसँगै मुख्य दावेदारको रुपमा रहेका लिम्बूले शुक्रबार आसन्न चुनावलाई मध्यनजर गर्दै भेटघाट सुरु गर्नु भएको हो ।

पूर्व खेलकुद मन्त्री समेत रहेका मोरङको लेटाङ निवासी लिम्बूले लेटाङस्थित आफ्नै निवासमा मोरङ क्षेत्र नम्बर १ मा कृयाशील पत्रकारहरुलाई बोलाएर भेटघाट गरि निर्वाचन लक्षित सुझाव माग गर्नुभयो । नेपाली कांग्रेस मोरङ १ का क्षेत्रीय सभापति शंकर राई र तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्य लगायतका नेतालाई साथमा राखेर पत्रकारहरुसँग अनौपचारिक भेटघाट गरेका लिम्बूले आफु यसपटक वेष्टअफ भाइभ अर्थात अन्तिम पाँचौपटक चुनाव लड्न लागेको बताउनुभयो । कुराकानीका क्रममा नेता लिम्बूले आफुले राजनीति गरेर कुनैपनि गलत काम नगरेको दावी गर्दै जनताको आकांक्षा पूर्णरुपमा सम्बोधन गर्न नसकेपनि आफ्नो क्षेत्रमा धेरै विकास निर्माणको योजना ल्याएको उल्लेख गर्नुभयो ।

उहाँले जेनजी आन्दोलन पश्चात स्थापित राजनीतिक दलहरुले समेत आफुलाई परिवर्तन गरेर लैजानुपर्ने भन्दै त्यसका लागि आफु तयार रहेको र आफ्नो भागको कमाजोरी सुधार गरेर अघि बढ्ने बताउनुभयो । जेनजी आन्दोलनकै सन्दर्भमा बोल्दै उहाँले अन्तर्रष्ट्रिय शक्तिहरुको हात रहेको हुनसक्ने भएकाले त्यसको मिहिन ढंगले अनुसन्धान गरि राष्ट्रिय शक्तिहरु एकढिक्का भइ अघिबढ्नुपर्नेमा जोड दिनुभयो ।

नेता लिम्बूले देश र व्यवस्थालाई बचाउन राजनीतिक दलहरू अधिक जिम्मेवार र उत्तरदायी हुनुपर्ने भन्दै लोकतान्त्रिक पार्टीहरु रहेमात्र व्यवस्था रहने पनि स्पष्ट पार्नुभयो । सुरुमा उपस्थित पत्रकारहरुलाई आफ्ना कुरा सुनाएका लिम्बूले आगामी निर्वाचनमा के कसरी अघि बढ्न सकिन्छ भनेर पत्रकारहरुसँग सुझाव समेत माग्नु भयो ।

पत्रकारहरुले जनतालाई भ्रमपूर्ण आश्वसन भन्दा पनि आफुले गरेका ठोस काम बताउने गरि जनतामाझ जान सुझाव दिएका छन् । कतिपय पत्रकारले विकासका योजनाहरु समयमै सम्पन्न नहुँदा जनताले धेरै सास्ती खेप्नु परेको अवस्थामा जनताले चित्तबुझ्दो जवाफ खोज्ने भन्दै त्यसतर्फ सजग हुन पनि सुझाव दिएका छन् । पत्रकार भेटघाट कार्यक्रममा उर्लाबारी, लेटाङ र केराबारीका गरि १० जना पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार