मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

राष्ट्रिय युवा संघद्वारा लेटाङ नगर अस्पतालमा सरसफाई

मोरङ खबर 485+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

लेटाङ । नेकपा एमालेको जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा मोरङको लेटाङस्थित नगर अस्पताल परिसरमा सरसफाई गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीले आयोजनामा लेटाङ ३ स्थित नगर अस्पतालमा विहान ७ बजेदेखि सुरु गरि करिव ३ घण्टासम्म सरसफाई गरिएको हो । सरसफाई सँगसँगै अस्पताल परिसरमा रोपिएका विभिन्न प्रजातिका फूलका विरुवाहरु गोडमेल समेत गरिएको छ । 

राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटी अध्यक्ष विकास लिम्बूको अध्यक्षता भएको सरसफाई कार्यक्रम नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले विरुवामा पानी हालेर सुरुवात गर्नुभयो । सरसफाई कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य तथा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावती, नेकपा एमाले मोरङका युवा इञ्चार्ज रविन थापा, अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा लेटाङ ३ का वडाध्यक्ष डम्बर राई, लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक भीमलाल ओली, राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश सदस्य अरुण पौडेल लगायत एमालेका नेता कार्यकर्ताहरु, राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरु, जनप्रतिनिधिहरु तथा स्थानीयवासी लगायत १ सय भन्दा बढीको सहभागीता रहेको थियो । 

सो अवसरमा बोल्दै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले युवाहरुले सँधै रचनात्मक तरिकाले सामाजिक काम गर्दै अघि बढ्नपर्नेमा जोड दिनुभयो । यस्तै अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा लेटाङ ३ का वडाध्यक्ष डम्बर राईले नगर अस्पतालमा सरसफाई कार्यक्रम गरेर सहयोग गरेकोमा राष्ट्रिय युवा संघलाई धन्यवाद दिनुभयो ।  

 स्थापना दिवसको अवसरमा सामाजिक गतिविधि गर्ने संगठनको नीति अनुशार अस्पताल सरसफाई कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ मोरङका जिल्ला सदस्य दुर्गा घिमिरेले जानकारी दिनुभयो । लामो समय जिर्ण अवस्थामा रहेको नगर अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसँगै सेवाप्रवाहमा सुधार भइ सेवाग्राहीको चाप बढ्न थालेसँगै फोहोरमैला पनि बढेकाले सरसफाई गरिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार