मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |
मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |


लेटाङ जाँतेमा सम्पन्न सुरभी महायज्ञको आयव्यय सार्वजनिक, करिव ३० लाख आम्दानी

रेवती रमण निरौला 160+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

जाँते । लेटाङ ९ जाँतेस्थित गणेश मन्दिर परिषरमा सञ्चालित श्रीमद्भागवत महापुराण तथा धनधान्याचल सुरभी महायज्ञको आयव्ययसार्वजनिक गरिएको छ । महायज्ञ आयोजक समितिले शुक्रबार गणेश मन्दिर परिसरमा अध्यक्ष सुजित वुढाथोकीको अध्यक्षता तथा गोलोक गोवर्धन गौशाला शिवसताक्षी धामका पीठाधिश नन्दकिशोर भारद्वाज ज्यूको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम गरि महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । 

कार्यक्रममा महायज्ञका प्रमुख कथावाचक पण्डित घनश्याम खनाल, कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्र प्रसाद घिमिरे, गौशाला व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गौतम, लेटाङ ९ का वडासदस्य गोपाल मगर, स्थानीय समाजसेवी विष्णु पौडेल, शिवशक्ति बाबा लगायतको आतिथ्यता रहेको थियो ।   

कार्यक्रममा आयोजक समितिका कोषाध्यक्ष मनोरथ घिमिरेले महायज्ञको आयव्यय बारे संक्षेपमा जानकारी गराउनुभयो । उहाँले महायज्ञमा प्राप्त नगद र जीन्सी विक्रि गरेको नगद गरी कूल २९ लाख २३ हजार २ सय १२ रुपैयाँ आम्दानी भएको तथा कूल खर्च रु ८ लाख १९ हजार  ८ सय १० रुपैयाँ भएको जानकारी दिनुभयो । कोषाध्यक्ष घिमिरेले खर्च कटाएर २१ लाख २१ हजार ४ सय २ रुपैयाँ आम्दानी भएकोमा ६ लाख  ३७ हजार  ५ सय १० रुपैयाँ उठ्न बाँकी भएकाले हाल १४ लाख ६५ हजार ८ सय ९२ रुपैयाँ नगद मौज्दात रहेको पनि जानकारी दिनुभयो । 

कोषाध्यक्ष घिमिरेले महायज्ञमा दाताहरुले दिनु भएको नगद सहयोग, भेटी, द्रव्य तुलादान र गोप्य दान लगायतबाट प्राप्त नगद तथा धान, चामल, चीनी, पीठो र बाँस जस्ता जिन्सी विक्रि गरेर कूल २९ लाख २३ हजार २ सय १२ रुपैयाँ आम्दानी भएको बताउँदै सम्पूर्ण दाताहरुलाई धन्यवाद दिनुभयो । उहाँले आम्दानी र खर्चको बुँदागत विस्तृत विवरण भने कम्प्युटर टाइपिङ गरि केहि दिनमा सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने पनि जानकारी दिनुभयो ।  कार्यक्रममा महायज्ञमा सम्मान गर्न छुट्नु भएका दाताहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोलोक गोवर्धन गौशाला शिवसताक्षी धामका पीठाधिश नन्दकिशोर भारद्वाज ज्यूले महायज्ञबाट गौशाला सञ्चालनका लागि ठूलो बल पुगेको भन्दै तत्काल एकसय वटा गाईका लागि पर्याप्त हुने गरि गोठ निर्माण कार्य सुरु गर्न व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । उहाँले यस क्षेत्रसँग गौपालनको इतिहास महाभारतकालदेखि नै जोडिएको भन्दै गौपालनका लागि जागरुक भएकोमा जाँतेका स्थानीयवासीलाई धन्यवाद दिनुभयो ।  

यस्तै कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्र प्रसाद घिमिरेले निकै उत्साहपूर्वक ढंगले महायज्ञ सम्पन्न भएको बताउनुभयो । उहाँले गौशाला सञ्चालनका लागि महायज्ञका प्रमुख कथावाचक घनश्याम खनालको योगदानको मुक्तकण्ठले प्रशंशा गर्नुभयो । 

कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी विष्णु पौडेल, शिवशक्ति बाबा, गौशाला व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गौतम लगायतले महायज्ञ सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा आयोजक समितिका विभिन्न व्यक्तित्वहरुका साथै स्थानीयवासी भक्तजनहरुको समेत उपस्थिति रहेको थियो ।  

गतवर्ष पौषमा गोलोक गोवर्धन गौशाला शिवसताक्षी धामका पीठाधिश नन्दकिशोर भारद्वाज ज्यूको विशेष सहयोगमा लेटाङ ९ जाँतेस्थित गणेश मन्दिर परिषरमा स्थापना गरिएको श्रीकृष्ण गौशालाको विकासका लागि गत षौष १ गतेदेखि ७ गतेसम्म श्रीमद् भागवत महापुराण तथा धनधान्यचल सुरभी महायज्ञ सञ्चालन गरिएको थियो । गाईको महिमा गानका साथ सञ्चालित महायज्ञ निकै उत्साहपूर्ण ढंगले सम्पन्न भएको थियो । 

प्रतिक्रिया

जीवन परियार, लेटाङ्ग ९ मोरङ्ग १९ पौष २०८१, शुक्रबार

श्री कृष्ण गौशालामा समापन सप्ताह माहायज्ञ सुरभी पुराण सभ्य र भव्य एबम् आय व्यय यसरी मोरङ्ग खबर मार्फत प्रवास बाट भए पनि प्रत्यक्ष प्रसारण हेर्न पाउँदा एकदम खुसी छु। यस कार्यक्रम प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान गर्नु हुने सम्पूर्ण भक्तजन हरुलाई हार्दीक नमन्।🙏🏽🙏🏽 श्री पशुपतिनाथ बाबाले हामी सबैको ए गर्नु होस्

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार