मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

मेयर कप क्रिकेटको उद्घाटन खेलमा राजारानी किंग्स् विजयी

मोरङ खबर 473+ समाचार ( )
९ जेठ २०८१, बुधवार

-राजु गौतम 

लेटाङ । लेटाङमा बुधबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । प्रतियोगिताको उद््घाटन खेलमा कोलुङ नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै राजारानी किंग्स्ले विजयी सुरुवात गरेको छ । निर्धारित २० ओभरलाई वर्षाका कारण १५ ओभरमा छोट्याएर खेलाइएको खेलमा राजारानीले कोलुङ विरुद्ध सहज जित हात पारेको हो । 

लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा भएको खेलमा राजारानीले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कोलुङले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा ९८ रन जोड्न सफल भयो । 

कोलुङका लागि राकेस खत्रीले ३९ र विनम पाङ्मीले १२ रनबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकको स्कोर गर्न सकेनन् । राजारानीका विनय दुलालले ४ तथा विशाल राईले २ विकेट हात पारे । यता ९९ रनको विजय लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको राजारानीले १३ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४ रन जोड्दै पहिलो जित हात पार्न सफल भयो ।

राजारानीको जितमा द्रोण मगरले सर्वाधिक ४७ रन र नोर्बु तामाङले २४ रन जोड्न सफल भए । कोलुङका रोनिस ढुंगेलले २ विकेट लिएका थिए ।  

ब्याटिङतर्फ ९ चौक्का सहित ४१ बलमा ४७ रन तथा बलिङमा ३ ओभरमा २५ रन खर्चदै १ विकेट लिंदै अलराउण्डर प्रदर्शन गरेका चिसाङका द्रोण मगर आजको खेलको म्यान अफ द म्याच घोषित भए । उनले मेडलसहित नगद पुरस्कार पाएका छन् । जितसँगै राजारानीले अंकतालिकामा ३ अंक जोड्दै शीर्षस्थान ओगटेको छ भने कोलुङको शुन्य अंक छ । 

प्रतियोगिता अन्तरगत भोलि विहीबार २ खेल हुनेछन् । विहान ८ बजेदेखि हुने खेलमा राजारानी किंग्स् र चिसाङ वारियर्स भिड्नेछन् भने दिउँसो १ बजे हुने खेलमा वाराजी ह्याप्पी र कोलुङ नाईट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।   

लेटाङ नगरपालिका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्यमगर, लेटाङ ८ का वडाध्यक्ष भीम प्रसाद पोखरेल र लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका अतिथिहरुले व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठले नगरपालिकाले क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । उहाँले सबै सरोकारवालाहरुको सहकार्यमा नगरमा क्रिकेट खेलको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।  

लेटाङका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथमा खेल प्रतिभा प्रस्फुटन गराउन राजारानी, चिसाङ, बाराजी तथा कोलुङ गरि ४ टिममा खेलाडीहरूलाई खुला अक्सनका आधारमा विभाजन गरि राउन्ड रोविनका आधारमा टि ट्वान्टी फर्मेटमा खेल सञ्चालन गरिएको हो ।  प्रतियोगिताको फाइनल खेल जेठ १२ गते दिउँसो १ बजे हुनेछ । प्रतियोगिताको विजेत टीमले ट्रफिसहित ६८ हजार नगद र उपविजेता टीमले ट्रफिसहित ३५ हजार नगद हात पार्नेछन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार