मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

लेटाङमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

मोरङ खबर 482+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

लेटाङ । लामखुट्टेको टोकाइबाट हुने डेंगु लगायतका रोग नियन्त्रणका लागि लेटाङ नगरपालिकाले ‘सर्च एन्ड डिस्ट्रोय’ अर्थात ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । शुक्रबार नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्याल, कर्मचारीहरु, समाजसेवी, स्वास्थ्यकर्मी, प्रहरी तथा स्थानीयवासीको सक्रिय सहभागितामा लेटाङ बजारको गंगे चौकबाट अभियान सुरु गरिएको हो । 

डेंगु नियन्त्रणका लागि विशादी छर्किने तथा धुवाँ उडाउने जस्ता काम गर्दा जनस्वास्थ्यमा असर पर्ने तथा डेंगु फैलाउने लामखुट्टे मार्न खासै प्रभवकारी नहुने देखिएकाले सबैभन्दा प्रभावकारी विधि ‘खोज र नष्ट गर’ अभियानलाई प्राथमिकता दिइएको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो ।

नगरपालिकाको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत नगर क्षेत्रका घर तथा वारी, चोक–बजार र सार्वजनिक स्थलमा जमेको सफा पानी पोखेर डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य सुरु गरिएको उहाँको भनाइ छ । 

पूर्वका कतिपय पालिकामा डेंगुका विरामी भेटिन थालेपछि लेटाङ नगरपालिकाले रोग फैलनु अघि नै नियन्त्रणको अभियान सुरु गरेको जनाएको छ । नगरपालिकाले यसअघि सरोकारवालाहरुसँग डेंगु नियन्त्रण सम्बन्धि अन्तरकृया कार्यक्रम समेत गरिसकेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार