मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

भजन शिरोमणि आचार्यको पशुपतिमा अन्त्येष्टि, राष्ट्रिय झण्डा ओढाइयो (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

मोरङ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएर आचार्यप्रति सम्मान व्यक्त गर्नुभयो ।

यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा कलाकारहरु नीर शाह, हरिहर शर्मा, हरिवंश आचार्य, दीपाश्री निरौला, शम्भुजीत बासकोटा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रतिष्ठानकी कुलपति निशा शर्मा सहित चालचित्र अभिनेता, संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । कलाकारहरुले आचार्यका गीत तथा भजन गाएर समेत उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । आचार्यको आजै पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

भजन शिरोमणिको रुपमा सुप्रसिद्ध आचार्यको निधन सोमबार अपराह्न ४ बजे मेडिसिटी अस्पताल लैजाने क्रममा भएको थियो । शरीरमा एक्कासी अक्सिजनको मात्रा कम भएपछि उहाँलाई अस्पताल लगिएको थियो ।

विक्रम संवत् १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उहाँ स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुनुहुन्छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उहाँले भजन पनि दर्जनौंको संख्यामा गाउनु भएको छ । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिनु भएको छ । 

भजन शिरोमणिको उपाधिबाट प्रसिद्ध ८१ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहनु भएको थियो । वि.सं २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो । त्यसयता लगभग उहाँको गायनयात्रामा विराम लाग्यो । उहाँका सुपुत्रद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य भने नेपाली गीत संगीतमा निकै चर्चित छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार