मुख्य समाचार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार |

सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध

रेवती रमण निरौला 160+ समाचार ( )
६ पौष २०८२, आइतबार
लेटाङ । लेटाङ नगरपालिकाले निःशुल्क रुपमा सर्पदंश उपचार सेवा उपलब्ध गराउँदै आएको छ । २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भएपनि गतवर्षदेखि आधिकारीक रुपमा दर्ता गरि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा प्रदान गर्न थालिएको हो ।
सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गतवर्ष मंसिरमा आधिकारीक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक उपचार सेवा केन्द्र लेटाङ नाममा दर्ता गरि सुविधा सम्पन्न भवनबाट २४ घण्टे सेवा सुरु गरेको हो ।

सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि नेपाली सेनाको शिक्षालयले २ जना विज्ञ स्वास्थ्यकर्मी उपलब्ध गराएको छ भने नगरपालिकाले चिकित्सकको सेवा उपलब्ध गराइएको छ । उपचारका क्रममा आवश्यक औषधि समेत नगरपालिकाले व्यवस्थापन गरि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।
सुरुमा लेटाङ नगरपालिका भित्रका विरामीका लागि मात्र निःशुल्क सेवा दिने गरिएकोमा पछिल्लो समय सबै पालिकाका विरामीहरुलाई निःशुल्क सेवा दिन थालिएको हो ।

सर्पदंश उपचारका लागि मानिसहरु आपत्कालिन अवस्थामा आउने र कतिपय विपन्न परिवारका हुने भएकाले नगरपालिकाले निर्णय गरि सबै विरामीहरुलाई निःशुल्क रुपमा सेवा उपलब्ध गराउन थालेको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो ।
यसअघि नेपाली सेनाको शिक्षालय उत्तरमा रहेको कच्ची भवनमा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई नेपाली सेनाको शिक्षालयको प्रवेशद्वार नजिकै पक्की भवन निर्माण गरि स्थानान्तरण गरि व्यवस्थित रुपमा सञ्चालन गर्न थालेको हो । यसवर्ष मात्रै हालसम्म ५१ जनालाई सेवा प्रदान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार