मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

नेकपा एमाले लेटाङको अध्यक्षमा १६२ मतसहित खगेन्द्रराज भण्डारी विजयी

मोरङ खबर 482+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

लेटाङ । नेकपा एमाले लेटाङ नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा खगेन्द्रराज भण्डारी विजयी हुनु भएको छ । अर्का प्रतिस्पर्धि नन्दलाल धिमाललाई १ सय २ मतले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो । विजयी हुने भण्डारीले १ सय ६२ मत पाउँदा अर्का प्रतिस्पर्धि धिमालले ६० मत मात्र पाउनु भयो । 

भण्डारी र धिमाल दुवै पक्षले पदाधिकारीमा प्यानलै बनाएर निर्वाचन लडेकामा अध्यक्षसहित ५ जना पदाधिकारी नै भण्डारी पक्षका विजयी भएका छन् । उपाध्यक्षमा १ सय ६४ मत प्राप्त गर्दै खगेन्द्रराज भण्डारी प्यानलका विष्णुकुमार मगर विजयी हुँदा प्रतिस्पर्धि यामनाथ सुवेदीले ३९ मत पाउनुभयो । उपाध्यक्षमै दुवै प्यानलमा नखुली स्वतन्त्र उम्मेदवारी दिनु भएका सोमनाथ निरौलाले १४ मत पाउनुभयो । 

यसैगरि सचिवमा उर्गेन तामाङ १ सय ६४ मतका साथ विजयी हुँदा प्रतिस्पर्धि जीतबहादुर लामाले  ५२ मत पाउनुभयो । यस्तै उपसचिव खुलामा नगेन्द्रराज पराजुली १ सय ५५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धि टेकनाथ निरौलाले ५६ मत पाउनुभयो भने उपसचिव महिलामा १ सय ५४ मत पाउँदै चिजमाया लिम्बू विजयी हुँदा प्रतिस्पर्धि पुनम मस्की मगरले ६४ मत पाउनुभयो । 

यता नगर कमिटी सदस्यहरु भने सर्वसहमतिमा चयन गरिएको छ । अधिवेशनबाट पदाधिकारीसहित ६१ जना निर्वाचित भएका हुन् । जम्मा ७५ सदस्यीय नगर कमिटी गठन हुनेमा बाँकी १४ जना नवनिर्वाचित कमिटीले चयन गर्ने जनाइएको छ । यस्तै लेखा समिति पनि गठन गर्न बाँकी छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार