मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

मोरङ खबर 407+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । लेटाङ ८ जाँतेस्थित नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनले आफ्नो स्थापनाको २० औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक वर्ष २०८१ का उत्कृष्ट १० विद्यार्थीहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । 

शैक्षिक वर्ष २०८१ को उत्कृष्ट १० विद्यार्थी मध्येबाट आयुष खत्रीले सर्वोत्कृष्ट बन्दै स्टुडेण्ट अफदी इयरको उपाधि जितेका छन् । यसैगरि एन्जेलिका रानामगर फष्ट रनरअप र जीविका देवान सेकेण्ड रनरअप भएकी छन् । 

यसैगरि उत्कृष्ट १० मा पर्न सफल अन्य ७ जना विद्यार्थीहरुले पनि विभिन्न विधागत उपाधि जितेका छन् । जसमध्ये क्यारोलिन लिम्बुले वेष्ट भिजुवल आर्टिष्ट अवार्ड र बुद्धरानी तामाङले वेष्ट म्याथम्याटिसियन अवार्ड प्राप्त गरेका छन् । 

यस्तै कञ्चन तामाङले वेष्ट स्पोर्टस अवार्ड, शुभश्री पाण्डेले वेष्ट कम्युनिटी कन्ट्रिब्युटर अवार्ड, निनम्मा राईले वेष्ट इम्प्रुभमेन्ट अवार्ड र अनुभव तिम्सिनाले वेष्ट ल्याङ्ग्वीष्ट अवार्ड प्राप्त गरेका छन् ।

विद्यार्थीहरुको मतदान, प्रिन्सिपलसँगको अन्तर्वार्ता तथा दुई चरणका प्रतिस्पर्धात्मक मूल्याङ्कनका आधारमा उत्कृष्ट विद्यार्थीहरु छनौट गरिएको विद्यालयका सहायक प्रधानाध्यापक टंक निरौलाले जानकारी दिनुभयो । 

विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लेटाङ ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलले ट्रफि तथा पुरस्कार प्रदान गर्नुभयो । 

कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष पोखरेलले नोवेल एजुकेशनले गुणस्तरिय शिक्षा प्रदान गरि आफुलाई अब्बल सावित गर्दै आएको बताउनुभयो । उहाँले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत नोवेल एजुकेशनले आफुलाई अग्रपंक्ति उभ्याएको भन्दै प्रशंशा गर्नुभयो ।

वडाध्यक्ष पोखरेलले यसवर्षको एसइइ परीक्षामा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।  

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डेले विद्यालयको वार्षिक गतिविधि, प्राप्त उपलब्धिहरु र आगामी योजना बारे जानकारी गराउनुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयले निरन्तर जोड दिँदै आएको पनि उल्लेख गर्नुभयो ।  

कार्यक्रममा २०८१ को एसइइ परीक्षामा प्रथम हुने विद्यार्थी तनिशा लिम्बूलाई पनि पुरस्कृत गरिएको थियो । यस्तै विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति र प्रतिभा प्रदर्शन गरेका थिए भने अभिभावकहरुलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाइएको थियो ।  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनिता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शैक्षिक सँस्थाका प्रतिनिधिहरु, समाजसेवी, अभिभावक  विद्यार्थीहरुको उल्लेख उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार