मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

प्रेस चौतारी मोरङद्वारा ३ जना पत्रकारलाई पुरस्कार तथा सम्मान (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

विराटनगर । प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति मोरङले प्रेस चौतारी नेपाल को २७ औँ स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । मंगलबार नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि स्थापना दिवस मनाउँदै पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 

कार्यक्रममा कृष्ण प्रसाद सिग्देल स्मृती युवा पुरस्कारबाट विराटनगरमा रहेको नेपाल टाइम्समा कार्यारत पत्रकार हरिहर नेपाललाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी लगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद सहित सम्मान गर्नुभयो । यसैगरि विद्यावारिधी उपाधि प्राप्त गरेकामा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकार डाक्टर धर्मराज ढकाल र डाक्टर डिल्ली पोखरेललाई सम्मान गरिएको छ । दुवैजनलाई मन्त्री भण्डारीसहित अतिथिहरुले दोसल्ला ओढाइर सम्मानपत्र प्रदान गर्नुभयो । 

कार्यक्रममा बोल्दै मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले सञ्चार ऐन निर्माण गरि पत्रकार कल्याण कोष स्थापना गर्न लागेको जानकारी गराउनुभयो । उहाँले चालु अधिवेशनमा छलफलपश्चात सञ्चार ऐन पारित गरि कल्याण कोष स्थापना गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 

कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, प्रेस चौतारी नेपालका सचिव विक्रम लुइँटेल, प्रेस चौतारी नेपाल कोशी प्रदेशका अध्यक्ष अविजाल विष्ट, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, समाजवादी प्रेस संगठनका कोशी प्रदेश अध्यक्ष वन्धु पोखरेल, प्रेस सेन्टर नेपालका गोकुल पराजुली, नेपाल प्रेस युनियनका गोपाल पोखरेल लगायलते प्रेस चौतारी नेपालको स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा भर्खरै सम्पन्न भएको प्रेस चौतारी मोरङको निर्वाचनबाट निर्वाचित भएका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।  प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सशांक पौडेलले स्वागत मन्तव्य राख्नु भयो भने सचिव नवराज भट्टराईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।  

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार