मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने

मोरङ खबर 482+ समाचार ( )
१९ मंगशिर २०८२, बिहीबार

लेटाङ । लेटाङका निरौला वन्धूहरुले परम्परागत उधौली गोठधूप पूजा विहीबार लेटाङ–९ जाँतेमा धार्मिक विधिअनुसार सम्पन्न गरेका छन् । स्थानीय निरौला वन्धू सेवा समाज लेटाङको आयोजनामा लेटाङ–९ जाँते निवासी जयनारायण निरौलाको गोठमा निरौला वन्धूहरुको बाक्लो उपस्थितिका बिच गोठधुप पूजा सम्पन्न गरिएको हो । 

पूजामा मुख्यतया लेटाङ नगरपालिकाका निरौला वन्धूहरूको उल्लेख्य उपस्थिति रह्यो । साथै उर्लाबारी क्षेत्रबाट समेत केही वन्धूहरु सहभागी भएका थिए । 

पूजामा सांस्कृतिक तथा धार्मिक परम्परा अनुसार गाई–वस्तुका गोठमा पूजापाठ गरि धुपवाती, होमआहुतिका साथ प्रसादग्रहण गर्ने चलन रहिआएको छ । पूजापश्चात घर–घरबाट संकलन गरिएको दूधबाट खिर पकाइ प्रसाद वितरण गरिएको थियो । 

साँस्कृतिक परम्परा अनुसार निरौला समुदायले मंसिरे पूर्णिमामा उधौली तथा वैशाखे पूर्णिमामा उभौली गोठधूप पूजा गर्ने चलन छ, जसले प्रकृति चक्रसँग जोडिएको कृषियात्राको संकेत गर्छ । 

कृषि तथा पशुपालनमा आधारित पुरातन जीवनशैलीसँग जोडिएको यो पूजाले घर–परिवार तथा पशुधनको सुरक्षा, रोग–व्याधिबाट मुक्ति तथा सुख–समृद्धिको कामना गरिन्छ ।

निरौला समुदायका वयोवृद्ध पदमप्रसाद निरौलाका अनुसार गोठधूप पूजा निकै पुरानो परम्परा भएकाले यसको शुरुवात कहिलेदेखि भएको हो भन्नेबारे लिखित प्रमाण भेटिएको छैन । “बाजे–बुबाकै पालादेखि निरन्तर चल्दै आएको संस्कार हो,” उहाँले भन्नुभयो । 

यसैबीच पूजाकै अवसरमा बसेको निरौला वन्धू सेवा समाज लेटाङको बैठकले आगामी माघ १६ र १७ गते लेटाङ–९ जाँतेमा देवाली पूजा गर्ने निर्णय गरेको छ । हरेक ३ वर्षमा देवाली पूजा गर्ने परम्पार अनुशार यसवर्षको देवाली लेटाङ ९ जाँतेमा भव्य रूपमा गर्ने निर्णय गरेको निरौला वन्धू सेवा समाज लेटाङका नगर अध्यक्ष शिवप्रसाद निरौलाले जानकारी दिनुभयो ।

देवाली पूजा तयारी तथा व्यवस्थापनका लागि जिल्ला सल्लाहकार सदानन्द निरौलाको अध्यक्षतामा ५ सदस्यीय आयोजक समिति गठन गरिएको निरौला वन्धू सेवा समाज मोरङका सचिव रेवतीरमण निरौलाले जानकारी दिनुभयो ।  

गोठधुप पूजास्थल :

लेटाङ–९ जाँतेस्थित देवालय परिसरमा आयोजित उधौली गोठधूप पूजामा सहभागी निरौला वन्धूहरू :  

पूजापछि सामूहिक रूपमा प्रसाद ग्रहण गर्दै निरौला वन्धूहरू : 

निरौला वन्धू सेवा समाज लेटाङको बैठकमा छलफल गर्दै निरौला बन्धूहरु :

वयोवृद्ध पदमप्रसाद निरौला गोठधूप पूजाको इतिहासबारे जानकारी दिँदै :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार