मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सुन्दरहरैँचाको गछियामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना, आयुर्वेदिक पद्धतिबाट उपचार सेवा (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ३ गछियामा आयुर्वेदिक पद्धतिबाट उपचार गरिने सरकारी स्वास्थ्य सँस्था सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको विशेष पहल–कदमीमा आयुर्वेदिक पद्धतिबाट उपचार सेवा प्रदान गर्ने स्वास्थ्य सँस्था नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

कोशी प्रदेश सरकार अन्तरगतको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मातहत रहेर सुन्दरहरैँचा नगरपालिकासँगको सहकार्यमा सुन्दरहरैँचा ३ गछियास्थित लक्ष्मी नारायण मन्दिर परिसरमा रहेको भवनमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । सोमबार विशेष कार्यक्रमकाबीच जिल्ला समन्वय समिति मोरङका संयोजक अजम्बर राई र सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईँले सेवा केन्द्रको उद्घाटन गर्नुभयो । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका संयोजक अजम्बर राईले पछिल्लो समय नसर्ने रोगहरु बढिरहेको अवस्थामा त्यस्ता प्रकारका रोगहरुलाई समेत रोकथाम तथा उपचार गर्ने उद्देश्यका साथ नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सरकारले आयुर्वेदिक उपचार पद्धतिलाई प्रवर्धन गर्ने नीति लिएको भन्दै उहाँले आरोग्य सेवा केन्द्रबाट वढी भन्दा बढी लाभ लिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।  

कार्यक्रममा बोल्दै सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईँले आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्ने विषयमा नगारिकहरुलाई सचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन तथा सेवाको प्रयोग गर्ने विषयमा नागरिकहरुलाई सचेत गराउन कार्यक्रममा उपस्थित सामाजिक तथा राजनीतिक अगुवाहरुलाई आग्रह गर्नुभयो । 

नगर प्रमुख गुरागाईँले बहाल नतिर्ने सर्तमा अस्थायी रुपमा लक्ष्मी नारायण मन्दिर परिसरको भवनमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको भन्दै दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि जग्गा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीयवासीबाट जग्गा व्यवस्थापन भएमा नगरपालिकाले भवन बनाउने प्रतिवद्धता समेत जनाउनुभयो ।

नागरिक आरोग्य सेवा केन्द्रमा हाल एकजना कर्मचारीबाट सेवा प्रदान गरिने जनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रामप्रवोध चौधरीले नागरिक आरोग्य सेवा केन्द्रबाट अप्लपित्त, दम, जोर्नी दुःखे, महिलाका रोगहरु, चर्म रोग, पिवास सम्बन्धि रोग, पायल्स लगायतका रोगको उपचार तथा थेरापी सेवा प्रदान गरिने जानकारी दिनुभयो ।  

सेवा केन्द्र उद्घाटनका अवसरमा सुन्दरहरैँचा ३ का वडाध्यक्ष विदुरप्रसाद ढुंगाना, सुन्दरहरैँचा ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रामप्रवोध चौधरी, विभिन्न वडाका वडासदस्यहरु, स्थनीय सामाजिक तथा राजनीतिक अगुवा व्यक्तित्वहरु, पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो । यसैबीच आरोग्य सेवा केन्द्र उद्घाटनको अवसरमा आयुर्वेदका विशेषज्ञ चिकित्सकको सेवासहित निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । शिविरमा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार