मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

प्रदर्शनीका लागि स्थायी घेराबारा निर्माण गर्नुका साथै ठूला ठूला डोम बनाएर स्टलहरु तयार गर्ने काम भइरहेको छ
सुन्दरहरैँचा विराट एक्स्पोको तयारी तिव्र, (अध्यक्ष नारायण कार्कीसँगको विशेष कुराकानी)

रेवती रमण निरौला 160+ समाचार ( )
एक्स्पोमा भारत, पाकिस्ता र बंगलादेशबाट आउने व्यवसायीले समेत स्टल राख्ने
२५ माघ २०८१, शुक्रबार

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचामा माघ ३० गतेदेखि सञ्चालन हुन लागेको सुन्दरहरैंचा विराट एक्स्पोको तयारी तिव्ररुपमा भइरहेको छ । सुन्दरहरैँचा नगरपालिकाका विभिन्न स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गर्नका लागि आर्थिक श्रोत जुटाउने उद्देश्यका साथ सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन गर्न लागिएको एक्स्पो तयारी यतिबेला धमाधम भइरहेको छ ।

उद्योग वाणिज्य संघले १० वर्षका लागि भाडामा लिएको सुन्दरहरैँचा १० विराटचौकस्थित खुला मैदानमा एक्स्पोका लागि विभिन्न भौतिक संरचनाहरु निर्माणको काम भइरहेको छ । प्रदर्शनीका लागि स्थायी घेराबारा निर्माण गर्नुका साथै ठूला ठूला डोम बनाएर स्टलहरु तयार गर्ने काम भइरहेको छ भने मनोरञ्जनात्मक खेलसामाग्री निर्माणको काम पनि जारी छ । 

सुन्दरहैँचा उद्योग वाणिज्य संघले ८ वर्षको अन्तरालमा निकै लामो तयारी गरेर अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीसहितको चौथो सुन्दरहरैँचा विराट एक्स्पो सञ्चालन गर्न लागेको अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । माघ ३० गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ करोड बराबरको कारोवार हुने तथा दैनिक करिव ५ हजार बढी मानिसहरुको सहभागीता रहने अनुमान गरिएको छ ।

सार्वजनकि शौचालय निर्माणका साथै स्थानीय स्तरमा व्यवसायीक गतिविधिलाई चलायमान बनाउन पनि एक्स्पो सञ्चालन गर्न लागिएको अध्यक्ष कार्कीको भनाइ छ । अन्य मेला महोत्सव भन्दा भिन्न तरिकाले रात्रीकालिन सांगीतिक कार्यक्रमका साथै दिवकालिन गतिविधिसहित सञ्चालन गरिने एक्स्पोमा भारत, पाकिस्ता र बंगलादेशबाट आउने व्यवसायीले समेत स्टल राख्ने उहाँले जानकारी दिनुभयो ।

सुन्दरहरैंचा विराट एक्स्पोकै विषयमा हामीले आयोजक सँस्था सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीसँग कुराकानी गरेका छौँ । सुनौँ अध्यक्ष कार्कीसँगको कुराकानी । 

अध्यक्ष कार्कीसँगको कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार