मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

प्याव्सन लेटाङको अध्यक्षमा भोलनाथ पाण्डे निर्वाचित

मोरङ खबर 473+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार
- छवि श्रेष्ठ

लेटाङ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) लेटाङको तेस्रो अधिवेशनले भोलानाथ पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
लेटाङ प्याव्सनका अध्यक्ष कमल अधिकारीको अध्यक्षता तथा मोरङ प्याव्सनका अध्यक्ष जगत बस्नेतको प्रमुख आतिथ्यतामा लेटाङ ४ स्थित साना किसान कृषि सहकारी सँस्थाको सभाहलमा भएको अधिवेशनले नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनका प्रिन्सिपल भोलानाथ पाण्डेको अध्यक्षतामा निर्विरोधरुपमा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

अधिवेशनले सचिवमा खगेन्द्र कार्की, कोषाध्यक्षमा ममता अधिकारी, सदस्यमा हरि काफ्ले, ठगेन्द्रबहादुर थापा, लेखा समिति संयोजकमा खगेन्द्रराज भण्डारी, सदस्यमा सुरेन्द्रजंग राई र अनिशा मगरलाई निर्विरोध निर्वाचित गरेको छ ।
सो अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने नीजि विद्यालयका उत्कृष्ट शिक्षक शिक्षिकाहरु पव्लिक सेन्टर बोर्डिङ स्कुलकी कोपिला मगर, लेटाङ ग्रीन भ्याली एकेडेमीकी बास्ना राई, अमरहट मेमोरियलकी पार्वती चौधरी, सनराईज वोर्डिङ स्कुलकी स्मारिका रसाइली, मोरङ पाथिभराकी राधिका घिमिरे गौतम, लिटिल फ्लावर्सका सर्वज्ञ घिमिरे, मिनर्वा सेकेण्डरीका किरण राई, जाँते नमुनाका चन्द्रबहादुर गुरुङ, पूर्वाञ्चल स्कुलका लोकनाथ तिम्सिना, जाँते प्यारागनकी राधिका कर्की, लेटाङ सेकेण्डरी स्कुलकी भीमा लिम्बू, ग्यालेक्सी एकेडेमीका टीकाराम खनाल, टेण्डर वर्डस्की हरिकला लायमगर र नोवेल एजुकेशनकी शान्ता नेम्वाङलाई सम्मान गरिएको छ ।

यसैगरि २०८० को एसइइ परीक्षामा संस्थागत विद्यालयको तर्फबाट उत्कृष्ट अंक ल्याउन सफल लेटाङ ग्रीन भ्यलीका गौरव अधिकारी, ग्यालेक्सी एकेडेमीकी सामना लिम्बू र २०८० को आधारभूत तहको परीक्षामा सँस्थागत विद्यालयको तर्फबाट उत्कृष्ट अंक ल्याउन सफल लिटील फ्लावर्स वोर्डिङ स्कुलका आयुषा तामाङ र संयोग मगरलाई सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थागत विद्यालयका २८ जना जेहेन्दार विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन प्याव्सन मोरङका सचिव देवी सिटौला र लेटाङ प्याब्सनका पूर्वअध्यक्ष इन्द्र घिमिरेले आ–आफ्ना धारणा राख्नुभयो । कार्यक्रममा अध्यक्ष कमल अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखा परिक्षण प्रतिवेदन लेखा समितिका संयोजक जसबहादुर राईले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार