मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि

रेवती रमण निरौला 160+ समाचार ( )
६ फाल्गुन २०८२, बुधवार

लेटाङ, । लेटाङ–६ स्थित सुकेचौरी खेल मैदानमा सम्पन्न प्रथम सुकेचौरी नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि ब्रदर्स कलेक्सन केराबारीले जितेको छ । 

बुधबार सम्पन्न फाइनल खेलमा आयोजक सुकेचौरी फुटबल क्लवलाई ट्राइबेकरमा पराजित गर्दै केराबारीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा २–२ गोलको रोमाञ्चक बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । 

टाईब्रेकरमा ४–२ ले आयोजक सुकेचौरी फुटबल क्लवलाई पराजित गरि ब्रदर्श कलेक्सन केराबारीले जित हात पार्दै इतिहास रचेको हो । केराबारीका गोलकिपर ओजस्वी लिम्बूले ट्राइबेकरमा २ गोल रोक्दै उत्कृष्ट प्रदर्शन गरि आफ्नो टीमलाई जित दिलाउन सफल भए । 

विजेता ब्रदर्स कलेक्सन केराबारीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक सुकेचौरी फुटबल क्लवले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

आजको खेलमा ब्रदर्स कलेक्सनका गोलकिपर ओजस्वी लिम्बू म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमा बेस्ट गोलकिपर आयोजक टिमका आयुस लिम्बू (योङहाङ), बेस्ट डिफेन्डर ब्रदर्स कलेक्सनका रमेश राजवंशी, बेस्ट मिडफिल्डर आयोजकका प्रबिन राई, बेस्ट फरवार्ड तथा सर्वाधिक गोलकर्ता आयोजकका ओसियन राई घोषित भए । त्यसैगरी आयोजक टिमका खगेन्द्र लिम्बू राइजिङ प्लेयर र इसान्त कोइराला सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफि तथा नगद पुरस्कार हात पारे । 

सुकेचौरी खेल मैदान संरक्षण समितिका अध्यक्ष पृथ्वी लामाको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा लेटाङका पूर्व नगर प्रमुख शंकर राई, अतिथिहरू लेटाङ–४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष जंगबीर तामाङ, पूर्वप्रधानपञ्च नीरविक्रम किराँती, समाजसेवी हरिप्रसाद धिमाल, श्रीप्रसाद ढकाल, गोपाल नेपाली, र सोमनाथ ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

लेटाङ ६ स्थित सुकेचौरी खेल मैदान संरक्षण समितिको आयोजनामा माघ २८ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा मोरङ र सुनसरीका ८ वटा टीमले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार