मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

समला राइनोजद्वारा समलाको प्रचारात्मक समाग्री हस्तान्तरण

मोरङ खबर 485+ समाचार ( )
२९ पौष २०८०, आइतबार

लेटाङ । लेटाङ ७ स्थित पर्यटकीय स्थान समला क्षेत्रको पर्यटन प्रवर्धनका लागि समला राइनोजले प्रचारमुलक सामाग्री निर्माण गरेको छ । समला राइनोजले निर्माण गरेको प्रचारमुलक सामाग्री शनिबार समला पर्यटन विकास समितिका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

केहि समय अघि लेटाङमा सञ्चालन भएको क्रिकेट प्रतियोगिताको विजेता समेत रहेको समला राइनोजले समलाको प्रचार प्रसारका लागि फ्लेक्स निर्माण गरि पर्यटन विकास समितिलाई हस्तान्तरण गरेको हो । फ्लेक्समा समलाबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य, समलामा उत्पादन हुने कफि लगायतका कृषिजन्य उत्पादन आदिको चित्र अंकित गरिएको हो । शनिबार समला राइनोजका वनर राजु गौतमले समला पर्यटन विकास मितिका अध्यक्ष अजय राई, सचिव सुशन राई लगायत समलाका युवाहरुलाई प्रचार सामाग्री हस्तान्तरण गर्नुभयो । समला राइनोजले यसअघि समलास्थित ज्ञान ज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई समेत सहयोग गरेको थियो ।

समला लेटाङ नगरपालिका वडा नम्बर ७ स्थित उदयीमान पर्यटकीयस्थल हो । जहाँबाट मौसम खुलेको बेला झापा र मोरङका तराईं फाँटको दृश्यावलोकन गर्नुका साथै सूर्योदय र सूर्यास्त समेत देख्न सकिनेछ । समला पुग्न पूर्वपश्चिम राजमार्गको पथरी बजारबाट करिव १ घण्टाको मोटरसाइकल यात्रा गर्नु पर्ने हुन्छ । पछिल्लो समय समलामा घुम्न जाने पर्यटकहरुको संख्या बढ्दो छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार