मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

खेलकुद महोत्सव अन्तरगत शनिबार पहिलो दिन फुटबल, महिला भलिवल र पुरुष भलिवलका खेल हुनेछन् ।
लेटाङ खेलकुद महोत्सवको तयारी पुरा, ५ सय ८८ खेलाडी सहभागी हुँदै

रेवती रमण निरौला 160+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

लेटाङ ।  लेटाङ नगरपालिकाको आयोजनामा भोलि फागनु ३ गते शनिबारदेखि फागुन ७ गतेसम्म सञ्चालन हुन लागेको प्रथम लेटाङ नगरपालिका स्तरीय खेलकुद महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

लेटाङ नगर क्षेत्रमा खेलकुदका गतिविधिहरुलाई प्राथमिकता दिँदै खेल क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको खेल महोत्सवको उद्घाटन भोलि शनिबार विहान ११ बजेपछि जनसेवा सामुदायिक वनको खेल मैदानमा हुँदैछ । खेल महोत्सव उद्घाटनका लागि स्टेज निर्माण गरिएको छ भने फुटबल खेलका लागि मैदानको तयारी समेत पुरा भएको छ । 

नगर खेलकुद विकास समिति संयोजक तथा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले खेलकुद महोत्सवको तयारीको अनुगमन गर्नु भएको छ । उहाँले लेटाङमा पहिलो पटक सञ्चालन गरिएको खेलकुद महोत्सवमा विभिन्न तरिकाले सहभागी भएर सफल बनाउन सबै नगरवासीमा आग्रह समेत गर्नु भएको छ । 

खेलकुद महोत्सव अन्तरगत शनिबार पहिलो दिन फुटबल, महिला भलिवल र पुरुष भलिवलका खेल हुनेछन् । महोत्सव उद्घाटन लगत्तै जनसेवा खेल मैदानमा पुरुष फुटबल अन्तरगत वडा नम्बर २ र वडा नम्बर ९ बीचको खेल हुनेछ भने दिउँसो ३ बजेपछि पुरुष फुटबल अन्तरगत नै वडा नम्बर ३ र ५ बीचको खेल हुनेछ । 

यस्तै शनिबार पुरुष भलिवल अन्तरगत दिउँसो २ बजे वडा नम्बर ७ र ३ तथा दिउँसो ४ बजे वडा नम्बर ८ र वडा नम्बर २ बीचको खेल हुनेछ । 

यसैगरि शनिबार नै महिला भलिवल अन्तरगत दिउँसो २ बजे वडा नम्बर ३ र वडा नम्बर ८ बीचको खेल हुनेछ भने दिउँसो ३ बजे वडा नम्बर १ र वडा नम्बर ९ बीचको खेल हुनेछ ।

फुटबलका सबै खेल जनसेवा खेल मैदानमा हुनेछन् भने भलिवलका खेलहरु लेटाङ नगर भलिवल क्लवको कोर्टमा हुनेछन् । यसैगरि ब्याटमिन्ट, टेवल टेनिस, बाघचाल र बुद्धिचालका खेल लेटाङ ४ स्थित कवर्डहलमा हुनेछन् भने क्रिकेट खेल लेटाङ ५ स्थित वुद्ध रंगशालामा हुनेछ । 

यसैगरि अण्डर थर्टिन छात्र र छात्रा दुवैतर्फको म्याराथुन लेटाङ कानेपोखरी सडकको गंगेचौकदेखि फायरलाइनसम्म सञ्चालन गरिने जनाइएको छ ।  

क्रिकेटका खेलहरु फागुन ४ देखि ६ गतेसम्म, व्याडमिन्टनका खेल फागुन ५ गते, चेस फागुन ४ गते, बाघचाल फागुन ६ गते, टेबल टेनिस फागुन ५ गते र म्याराथुन फागुन ७ गते हुनेछ ।

म्याराथनमा छात्र र छात्रा गरि १३ वर्ष मुनिका ९१ जना सहभागी हुँदैछन् । यसैगरि टेवल टेनिसमा १४, बाघचालमा २२, बुद्धिचालमा ३२, व्याडमिन्टनमा ३२, क्रिकेटका ५ टीममा ८४, फुटबलका ८ टीममा १६१, पुरुष भलिवलका ८ टीममा ७० र महिला भलिवलका ९ टीमका ८२ जना खेलाडी गरि जम्मा ५ सय ८८ जना खेलाडीले खेलकुद महोत्सवमा भाग लिंदैछन् । 

“प्रथम लेटाङ नगरपालिका स्तरीय खेलकुद महोत्सव २०८१” नाम दिएर लेटाङमा पहिलो पटक सञ्चालन हुन लागेको खेलकुद महोत्सवमा विभिन्न ९ वटा विधाका खेल समावेश गरिएको छ ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार