मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

एमाले कोशी प्रदेश अधिवेशन : ५ बजेदेखि मतदान

मोरङ खबर 473+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

विराटनगर । विराटनगरमा जारी नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि साँझ ५ बजेदेखि मात्र मतदान सुरु हुने भएको छ । प्रदेश कमिटी सदस्यमा धेरैजनाको उम्मेदवारी परेकाले सहमति जुटाउन तथा नामावली प्रकाशन र मतदानका लागि व्यवस्थापन मिलाउनका लागि समय लागेको बताइएको छ ।

विहान ११ बजेदेखि नै मतदान सुरु हुने भनिएकोमा अहिलेसम्म भएको छैन । प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले व्यवस्थापनका लागि समय अपुग भएकाले ५ बजेका लागि समय तय गरिएको जानकारी दिनुभयो । उहाँले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभयो । 

 एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार हुनुहुन्छ । उपाध्यक्षमा धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ भने सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार हुनुहुन्छ । 

यसैगरि २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा खोटाङका देवान राई,  मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन् । यसअघि संखुवासभाका भविश्वर गुरुङले पनि उम्मेदवारी दिनु भएकोमा फिर्ता लिनु भएको छ ।  

अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । प्रदेश कमिटी सदस्य पदमा इलाम, पाँचथर र सोलुखुम्बूबाट सर्वसहमति भएको छ भने अन्य केही जिल्लामा पनि केही पदमा सर्वसहमति भएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार