लेटाङ । लेटाङ नगरपालिकाको २०८१ को एसइइ परीक्षाको नजितामा सतप्रतिशत भन्दा बढी सुधार भएको छ । शुक्रबार सार्वजनिक भएको एसइइ परीक्षाको नतिजामा गतवर्षको तुलानामा सतप्रतिशत बढी अर्थात दोब्बर भन्दा बढी प्रतिशतमा विद्यार्थी उत्तीर्ण भएका हुन् ।
सामुदायिक विद्यालय र नीजि विद्यालय गरि कूल २१ वटा विद्यालयबाट ६ सय २० जना विद्यार्थीले एसइइ परीक्षा दिएकामा ७४ दशमलव ६८ प्रतिशत अर्थात ४ सय ६३ जना विद्यार्थीले १ दशमलव ७ भन्दा माथिको जीपीए ल्याएर उत्तीर्ण भएका छन् । गतवर्ष भने ३५ दशमलव ६४ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसवर्षको नजितामा सामुदायिक र नीजि दुवैतर्फको एकमुष्ट नजितामा दोब्बर भन्दा बढी सुधार भएको छ भने सामुदायिक विद्यालयतर्फ मात्र गतवर्ष भन्दा झण्डै दोब्बर सुधार भएको छ । सामुदायिक विद्यालयबाट यसवर्ष ४ सय २६ जना विद्यार्थीले एसइइ परीक्षा दिएकामा २ सय ७८ अर्थात ६५ दशमलव २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जुन गतवर्षको सामुदायिक र नीजि दुवैतर्फको उत्तीर्ण प्रतिशत ३५ दशमलव ६४ को झण्डै दोब्बर हुन आउँछ ।
सामुदायिक विद्यालयतर्फ प्रतिशतका आधारमा लेटाङ ७ पित्लुम्बा स्थित लक्ष्मी माविले सबैभन्दा बढी ८५ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । तर विद्यार्थी संख्या भने निकै न्यून १४ जनामा १२ जना उत्तीर्ण भएका हुन् ।
विद्यार्थी संख्याको आधारमा हेर्ने हो भने सबैभन्दा बढी लेटाङ ४ स्थित शान्ति भगवति माविबाट १ सय ३३ जनामा ९७ जना उत्तीर्ण भएका छन् भने लेटाङ २ स्थित लक्ष्मी माविबाट ७८ मा ५६ जना उत्तीर्ण भएका छन् ।
सबैभन्दा कम प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयमा लेटाङ ७ वारांगीस्थित महेन्द्र मावि र लेटाङ ९ जाँतेस्थित श्री मावि रहेका छन् । महेन्द्र माविबाट ३१ दशमलव ८२ प्रतिशत अर्थात २२ जनामा ७ जना उत्तीर्ण भएका छन् भने श्री मावि जाँतेबाट ५२ दशमलव ३८ अर्थात ४२ जनामा २२ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।
लेटाङ नगरपालिकाले एसइइ परीक्षाको नतिजामा सुधार ल्याउन विद्यार्थीहरुका लागि निःशुल्क कोचिङको कक्षा सञ्चालन गरेको थियो । नगरपालिकाले सबै माध्यमकि विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयको कोचिङ कक्षा सञ्चालन गरेकाले पनि यसवर्ष सामुदायिक विद्यालयको नजितामा झण्डै दोब्बर सुधार आएको शिक्षा शाखा प्रमुख कृष्णराज राईले बताउनुभयो ।
लेटाङ नगरपालिका सबै विद्यालयहरुको विवरण (सामुदायिक र नीजि):
- कुल विद्यार्थी: 620
- उत्तीर्ण संख्या: 463
- उत्तीर्ण प्रतिशत: 74.68%
1.
सामुदायिक
(सरकारी) विद्यालयहरूको समग्र विवरण:
- कुल विद्यार्थी: 426
- उत्तीर्ण संख्या: 278
- उत्तीर्ण प्रतिशत: 65.26%
उल्लेखनीय सामुदायिक
विद्यालयहरू :
- लक्ष्मी मा वि, लेटाङ-७, पित्लुम्बा
: 85.71%
- महाभारत मा वि, लेटाङ-६ : 76%
- शान्ति भगवती मा वि, लेटाङ-४ : 72.93%
कमजोर प्रदर्शन गर्ने सामुदायिक विद्यालयहरू
:
- महेन्द्र मा वि लेटाङ-७
: 31.82%
- श्री मा वि लेटाङ-९ : 52.38%
2.
निजी
विद्यालयहरूको समग्र विवरण :
- कुल विद्यार्थी: 194
- उत्तीर्ण संख्या: 185
- उत्तीर्ण प्रतिशत: 95.36%
१००% उत्तीर्ण गराउने विद्यालयहरू:
- टेण्डर वर्ड्स
- मोर्डन पाथीभारा
- पब्लिक सेन्टर
- पुर्वाञ्चल अल्मामेटर होम
- लिटिल फ्लावर
- लेटाङ आवासीय
- मिनर्भा इ स्कुल
हेर्नुहोस् लेटाङको एसइइ नतिजाको विवरण :

00911536b