मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

श्रीमतिको स्मृतिमा विद्यालयमा धारा निर्माण

मोरङ खबर 485+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ५ निवासी धर्मानन्द घिमिरेले स्थानीय विद्यालयमा खानेपानीको धारा निर्माण गरि दिनु भएको छ । । सुन्दरहरैंचा स्थायी ठेगाना भइ काठमाडौं बस्दै आउनु भएका घिमिरेले श्रीमती गीता घिमिरेको स्मृतिमा स्थानीय अमर ज्योति आधारभुत विद्यालयमा धारा निर्माण गरिदिनु भएको हो । शुक्रबार सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि घिमिरे परिवारले विद्यालयलाई नवनिर्मित धारा हस्तान्तरण गरेका छन् । 

घिमिरेकी श्रीमती गीता घिमिरेको २०६९ सालमा निधन भएकोमा उहाँका छोरी ज्वाईंको उपस्थितिमा ढलानसहितको धारा निर्माण गरि हस्तान्तरण गरिएको हो । धाराको जडान खर्च, टायल, मार्वल सहितको संरचना निर्माण गरि व्यवस्थित धारा निर्माण गरि हस्तान्तरण गरिएको घिमिरेका ज्वाईं विशाल गुरागाईंले जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल बहादुर कार्कीको अध्यक्षतामा भएको धरा हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष गणेश चौधरी, नागरिक समाजका प्र्रतिनिधि डिल्लीराम सिग्देल लगायतको आतिथ्यता रहेको थियो भने दाता परिवारबाट ज्वाई विशाल गुरागाईं, छोरी इन्दिरा गुरागाईं र नाति सौगात गुरागाईको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले विद्यालय जस्तो पवित्र संस्थामा धारा जडान गरेकोमा घिमिरे परिवारलाई धन्यवाद दिंदै असल कार्यको प्रशंशा गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार