मुख्य समाचार
| नेपाल इन्फास्ट्रक्चर (निफ्रा) को नाफा घट्यो २० प्रतिशत, छैन निस्क्रिय कर्जा | ‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी | भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट | विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने | लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी |

लेटाङमा करिव २ करोडको लागतमा पुस्तकालय भवन बन्दै (भिडियोसहित)

मोरङ खबर 491+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

लेटाङ । लेटाङमा करिव २ करोडको लागतमा पुस्तकालय भवन बन्ने भएको छ । शान्ति भोलेन्टीयर एशोसिएसन एसभीएको आर्थिक सहयोगमा रीड नेपालमार्फत अनुदान सहयोगमा पुस्तकालय भवन बन्न लागेको हो । १२ वर्ष अघिदेखि लेटाङ पुस्तकालयको नाममा सञ्चालन गरिएको पुस्तकालयलाई शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र नामाकरण गरि नयाँ ढाँचामा सञ्चालन गर्न लागिएको अध्यक्ष सुदेश वस्तीले जानकारी दिनुभयो ।

उहाँले पहिलो वर्ष रिड नेपालको सहयोगमा ३ तले सुविधा सम्पन्न भवन निर्माण हुने र दोश्रो वर्ष करिव ७० लाखको लागतमा विभिन्न शीपमुलक तालिमहरु निःशुल्क प्रदान गरिने पनि जानकारी दिनुभयो । श्री शान्ति भगवती मावि परिसरमा निर्माण हुने पुस्तकालय सुविधा सम्पन्न र व्यवसायीक सटरहरुसहितको हुने बताइएको छ । 

यसैबीच बुधबार पुस्तकालय सञ्चालनको विषयमा ३ दिने सामुदायिक परिचालन तालिम तथा कार्याशाला गोष्ठी पनि सम्पन्न भएको छ । शान्ति भोलेन्टीयर एशोसिएसन एसभीएको आर्थिक सहयोगमा रीड नेपालमार्फत अनुदान सहयोग कार्यक्रम सञ्चालन गर्ने विषयमा पुस्तकालयसँग सम्झौता भइ तयारी स्वरुप कार्याशाल गोष्ठी सम्पन्न गरिएको हो । 

लेटाङ ४ को सभाहलमा भएको गोष्ठीमा पुस्तकालय सञ्चालनका लागि गर्नुपर्ने तयारी तथा समुदायको परिचालन लगायतका विषयमा छलफल गरि विभिन्न समितिहरु निर्माण गरिएको छ । शान्ति भोलेन्टियर एशोसिएसन एसभीएका प्रतिनिधि गणेश लामा, रिड नेपालका साजन थापा तथा  एलवी भण्डारीले गोष्ठीमा सहजिकरण गर्नुभयो ।

सोमबारदेखि सुरु भएको गोष्ठी आज बुधबार लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । कार्यक्रमा बोल्दै नगर प्रमुख लावतीले दातृनिकायहरुको सहयोगमा सुरु गरिएका कार्यक्रमहरुलाई दीर्घकालसम्म सञ्चालन गर्ने गरि तयारी गरेर लाग्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै रिड नेपालका साजन थापाले पहिलो वर्षको कार्यक्रम अन्तरगत करिव २ करोडको लागतमा सुविधा सम्पन्न पुस्तकालय भवन निर्मण हुने र दोश्रोवर्ष समुदाय लक्षित विभिन्न शीपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । 

यस्तै पुस्तकालयका अध्यक्ष सुदेश वस्तीले पुस्तकालय भवन निर्माणका लागि समुदायको १० प्रतिशत लागत साझेदारी रहने भएकाले त्यसका लागि सहयोग गर्न नगरवासीमा आग्रह गर्नुभयो । पुस्तकालयका अध्यक्ष सुदेश वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, वडासदस्यहरु चम्पा थापा मगर, सक्षम सुब्बा, एसभीएका प्रतिनिधि गणेश लामा, रिड नेपालका साजन थापा र एलवी भण्डारी लगायतको आतिथ्यता रहेको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार