मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो

रेवती रमण निरौला 160+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

लेटाङ । नेपालीहरूको महान चाड बडादशैं अन्तरगत आज सप्तमी तीथि अर्थात फूलपाती भित्र्याउने दिन । देशभरका विभिन्न ठाउँमा झै आज मोरङको लेटाङस्थित नेपाली सेनाको पूर्वी पृतना सैनिक तालिम शिक्षालयमा पनि विधिपूर्वक भव्यरुपमा बाजागाजासहित फुलपाती भित्र्याइएको छ । 

पूर्वी पृतना सैनिक तालिम शिक्षालयको आयोजना तथा लेटाङ नगरपालिकाको समन्वयमा भएको फूलपाति बढाईं कार्यक्रम अन्तरगत लेटाङ–३ स्थित पञ्चकन्या कालिका मन्दिरबाट फूलपाति भित्र्याइएको हो । 

लेटाङ ४ स्थित सैनिक शिक्षालयबाट नेपाली सेनाको टोली र पञ्जेबाजाको टोलीसहित लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरु, शिक्षालय प्रमुख,  प्रहरी, नगर प्रहरी, स्थानीयवासी लगायतको सहभागितामा निस्किएको फूलपाति शोभायात्रा वीपी चोक हुँदै लेटाङ ३ विरनस्थित पञ्चकन्या कालिका मन्दिरमा पुगेको थियो । 

सो अवसरमा नेपाली सेनाले फुलपाति बढाईको सलामी अर्पण गर्नुका साथै तोम सलामी पनि अर्पण गरेको थियो । 

मन्दिरमा धार्मिक विधिपूर्वक पूजापाठ गरेपश्चात शोभायात्रा विरानस्थित नगर अस्पताल हुँदै गंगेचोक पुगेर वीपी चोक हुँदै पुनः शिक्षालयमा पुगेर सम्पन्न भएको थियो । 

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला पोखरेल, पूर्वी पृतना सैनिक तालिम शिक्षालयका प्रमुख, लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राई र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठसहितका जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नगरवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

जनसहभागितामा सामूहिक रूपमा फुलपाती भित्र्याउने परम्पराले समाजमा एकता, भाईचारा र सहकार्यको भावना प्रगाढ बनाएको देखिएको छ । 

धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा नेपालीहरूले दशैंको फुलपातीको दिनलाई विशेष श्रद्धा र उल्लाससहित मनाउँदै आएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार