मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

धनकुटाको विश्रान्ती धाममा समाज सेवा सिक्दै काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरु

मोरङ खबर 407+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

धनकुटा । काठमाडौं विश्वविद्यालय अन्तरगतको कलेज स्कुल अफ म्यानेजमेन्ट (कुसोम) को वीवीए चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले धनकुटाको विश्रान्ती धाम परिसरमा विभिन्न सामाजिक कृयाकलापहरु सञ्चालन गरेका छन् । चौथो सेमेष्टरको पाठ्यक्रममा प्रोजेक्ट वर्क अन्तरगत विभिन्न सामाजिक कृयाकलापहरु सञ्चालन गर्नुपर्ने व्यवस्था भए अनुशार स्कुल अफ म्यानेजमेन्टको वीवीए चौथो सेमेष्टरमा अध्ययनरत ५ जना विद्यार्थीहरु प्रोजेक्ट आस्था नाम दिएर धनकुटाको विश्रान्ती धाममा विभिन्न सामाजिक काममा संलग्न भएका हुन् । 

प्रोजेक्ट आस्थामा संलग्न विमोचन गौतम, सुजल महर्जन, जेनिथ मिश्र, श्लोक महर्जन र अनिकेत पटेलले विभिन्न संघ सँस्थाहरुसँग सहकार्य गरि विश्रान्ती धाममा १५ दिनसम्म रहेर विभिन्न सामाजिक कामहरु गर्दैछन् । उनीहरुले विभिन्न खेलकुदका सामाग्री हस्तान्तरण, पाठ्यपुस्तक, अभ्यास पुस्तिका, तातो चिसो पानी आउने भाँडा, सरसफाई गर्ने औजार, प्राथमिक स्वास्थ्य चेकजाँचका लागि अक्सिमिटर, व्लड प्रेसर नाप्ने यन्त्र लगायतका सामाग्री विश्रान्ती धामलाई हस्तान्तरण गरेका छन् । विश्रान्ती मन्दिर व्यवस्थापन समिति अन्तरगत सञ्चालित संस्कृत गुरुकुलका विद्यार्थीहरु र वृद्धाश्रमका जेष्ठ नागरिकहरुले प्रयोग गर्ने गरि उनीहरुले सामाग्री हस्तान्तरण गरेका हुन् । 

भदौ ६ गतेदेखि सुरु भएर भदौ २० गतेसम्म सञ्चालन हुने प्रोजेक्ट अन्तरगत आगामी दिनमा साक्षरता कार्यक्रम, मनोरञ्जनात्मक तथा सृजनात्मक गतिविधि, खेलकुदका गतिविधि, भिडियो डकुमेन्ट्री प्रदर्शन, हाजिरी जवाफ प्रतियोगिता र बालबालिकाहरुको अनुभव आदनप्रदान लगायतका कार्यक्रम सञ्चालन गरिने प्रोजेक्ट वर्कमा संलग्न विद्यार्थी सुजल महर्जनले जानकारी दिनुभयो । 

यसैबीच सोही अवसरमा मोरङको लेटाङ नगरपालिकासँगको सहकार्यमा विश्रान्ती धाममा रहेको वृद्धाश्रमका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरि आयुर्वेदिक औषधि वितरण गरिएको छ । लेटाङ नगरपालिकाले प्राविधिक सहयोग गरेको शिविरमा सीअहेव ऋषिराम निरौला र वैद्य तीर्थ अधिकारीले जेष्ठ नागरिकको सुगर र वीपी परिक्षण गरि परामर्श सेवा दिनुभयो । शिविरबाट २८ जना जेष्ठ नागरिकहरुले सेवा लिएका छन् । 

यस्तै लेटाङ नगरपालिकाले विश्रान्ती धाममा आश्रितहरुलाई २ दिन खाना र खाजा खुवाउनका लागि नगद २५ हजार रुपैयाँ विश्रान्ती मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले विश्रान्ती मन्दिर व्यवस्थापन समितिका सचिव पुस्करप्रसाद जोशीलाई रकम हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा विश्रान्ती धामका सल्लाहकार स्वामी विजयानन्द सरस्वती, लेटाङ नगरपालिकाका योजना शाखा प्रमुख चेतनाथ गौतम, संस्कृत गुरुकुलका प्राचार्य दिनेश अधिकारी, गुरु पद्मप्रसाद काफ्ले, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती रमण निरौला लगायतको समेत उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार