मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

जयन्ती विन्धवासिनी इटहरीबाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण, ८ जनाले ल्याए ए प्लस

मोरङ खबर 473+ समाचार ( )
१६ असार २०८१, शनिबार

इटहरी । जयन्ती विन्धवासिनी विद्यासदन इटहरीले यसवर्ष पनि एसइइ परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस वर्षको एसइइ परीक्षामा १९ जना विद्यार्थी सहभागी भएकोमा सबै विद्यार्थी उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका छन् ।

१९ जना मध्ये  ८ जना विद्यार्थी ए प्लस र ११ जना ए ग्रेडका साथ उत्तिर्ण भएका छन् । जसमध्ये स्पार्कल अधिकारी ३ दशमलव ८४ जीपीएका साथ विद्यालय प्रथम भएका छन् भने सोनीया अली ३ दशमलव ७९ जीपीए सहित छात्रातर्फ उत्कृष्ट तथा विद्यालयको तेश्रो भएकी छन् । यस्तै ३ दशमलव ८३ जीपीए ल्याएका देवराज तामाङ विद्यालयबाट दोश्रो भएका छन् । 

२०६२ सालमा स्थापना भएको जयन्ती विन्धवासिनी विद्यासदन इटहरीले  २०७२ सालदेखि एसइइ परीक्षामा विद्यार्थीहरुलाई सहभागि गराउँदै आएको छ । यसवर्ष नयाँ पद्धतिमा नजिता प्रकाशन हुँदा धेरै विद्यालयहरुको नतिजा निराशाजनक आएको बेला इटहरी–८ गैसारमा रहेको जयन्ती विन्धवासिनी विद्यासदन इटहरीले सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउँदै आफूलाई अब्बल सावित गरेको छ ।

२०७५ सालदेखि एसइइमा सतप्रतिशत नतिजा निकाल्दै आएको विद्यालयले विद्यार्थीहरुलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल मनिस राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार