मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

जाँते । नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशन लेटाङ–८ जाँतेले बुकफ्री फ्राइडे अन्तरगत विद्यार्थीहरुलाई परम्परागत घरेलु प्रविधि तथा औजार बारे जानकारी प्रदान गरेको छ । फागुन महिनाको अन्तिम शुक्रबार आज नोवेल एजुकेशनले विद्यार्थीहरुलाई अन्न पिस्ने परम्परागत औजार जाँतो र ओखल तथा मुस्लीको बारेमा जानकारी गराउँदै ति प्रविधि प्रयोगकोे अभ्यास समेत गराएको छ । 

विद्यालयले हरेक महिनाको अन्तिम शुक्रबारलाई बुकफ्री फ्राइडे घोषणा गरि विद्यार्थीहरुलाई कितावको भारी नबोकाइ विद्यालयमा बोलाएर अतिरिक्त कृयालापहरुमा सहभागी गराउने गरेको छ । यसरी अतिरिक्त कृयाकलापमा सहभागी गराउने क्रममा यसपटक नोवेल एजुकेशनले अन्न पिस्ने जाँतो, ओखल र मुस्लीको परिचय, महत्व र विशेषता बारे विद्यार्थीहरुलाई जानकारी गराउँदै प्रयोग गर्न पनि सिकाएको हो । 

यसैगरि बुकफ्री फ्राइडे अन्तरगत विद्यालयले विद्यार्थीहरुलाई नाटकमा अभिनय समेत गराएको छ । विद्यार्थीहरुले विभिन्न समूहमा रहेर भिन्ना भिन्नै नाटक प्रस्तुत गरेका थिए । यस्तै कपितय विद्यार्थीहरुले आफुसँग भएको कला प्रस्तुत गर्ने क्रममा गीत गाएर सुनाएका थिए । 

यसैगरि विद्यालयले बुकफ्री फ्राइडे अन्तरगत विद्यार्थीहरुलाई योग तथा प्राणायमको अभ्यास गराएको छ । पछिल्लो समय मासिनहरुमा स्वास्थ रहन योग तथा प्राणायाम गर्ने चलन बढ्दै गएको अवस्थामा विद्यालयले पनि विद्यार्थीहरुलाई योग र प्राणायम गर्न सिकाएको हो । 

यसैगरि विद्यालयले बुकफ्री फ्राइडे अन्तरगत साना कक्षाका विद्यार्थीहरुलाई बेग्लै कृयाकलापमा सहभागि गराएको छ । उनीहरुलाई रङ र आकृति चिनाउने कलर र सेफ सेलिव्रेसनमा सहभागि गराइएको हो ।

नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनका प्रिन्सिपल भोलानाथ पाण्डेले यसै शैक्षिक सत्रदेखि विद्यालयले पहिलोपटक बुकफ्री फ्राइडे सुरु गरेकोमा फागुनको अन्तिम शुक्रबार यसवर्षको अन्तिम कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले बुकफ्री फ्राइडेको अभ्यास निकै प्रभावकारी देखिएकाले आगामी वर्ष अझ परिस्कृत गरि निरन्तरता दिने पनि जानकारी दिनुभयो । 

नोवेल एजुकेशनले यसअघिका बुकफ्री फ्राइडे अन्तरगत दुनाटपरी गाँस्ने, कुचो बनाउने, परालबाट गजरा र पिरा बनाउने, वादी कात्ने, माटाको सामाग्री बनाउने जस्ता परम्परागत शीप तथा वाइरिङ र प्लम्बिङ जस्ता आधुनिक ज्ञान समेत प्रदान गरेको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार