मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |
मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

पुरुष, महिला र पुरुष भेट्रान गरि ३ विधामा पूर्वका मोरङ, झापा, भोजपुर, ताप्लेजुङ, सुनसरी, संखुवासभाका साथै राजाधानी काठमाडौँ लगायतका ठाउँबाट आएका ३ सय ७५ जना खेलाडीले १० किलोमिटर लामो म्याराथनमा सहभागिता जनाएका हुन् ।
लेटाङमा ३ सय ७५ खेलाडी सहभागी म्याराथन सम्पन्न (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
पुरुषतर्फ नागेश्वर अहिर, महिलातर्फ सुमित्रा चौधरी र पुरुष भेट्रानतर्फ विजय कुमार राई प्रथम
१ माघ २०८१, मङ्गलबार

लेटाङ । मोरङको लेटाङमा ३ सय ७५ जना खेलाडी सहभागी भएको म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । लेटाङ ३ स्थित कलमपुर टोल विकास सँस्थाको आयोजनामा ‘लेटाङ रन टेन के’ नाम दिइएको १० किलोमिटर लामो म्याराथन प्रतियोगिता सम्पन्न भएको हो । 

पुरुष, महिला र पुरुष भेट्रान गरि ३ विधामा पूर्वका मोरङ, झापा, भोजपुर, ताप्लेजुङ, सुनसरी, संखुवासभाका साथै राजाधानी काठमाडौँ लगायतका ठाउँबाट आएका ३ सय ७५ जना खेलाडीले १० किलोमिटर लामो म्याराथनमा सहभागिता जनाएका हुन् । म्यारथनमा सहभागी खेलाडीहरुले लेटाङ ३ कमलपुरस्थित खेलमैदानबाट दौड शुरु गरि लेटाङ कानेपोखरी सडकको कमलपुर गेट हुँदै लेटाङ बजार सिरानसम्म पुगेर पुनः कमलपुरस्थि खेल मैदान आइ दौड पुरा गरेका थिए । 

 प्रतियोगितामा खुल्ला पुरुषतर्फ नागेश्वर अहिरले प्रथम स्थान हासिल गरेका छन् भने सञ्जय श्रेष्ठ द्वीतिय र पुरण राई तृतिय भएका छन् । प्रथम, द्वीतिय र तृतिय हुने खेलाडीले क्रमशः ३६ हजार, २० हजार १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् । 

महिलातर्फ सुमित्रा चौधरी प्रथम, इन्द्रकला लिम्बू द्वीतिय र पुष्पा शेर्मा तृतिय भएका छन् । प्रथम हुने चौधरीले नगद १० हजार द्वीतिय हुने लिम्बूले ६ हजार र तृतिय हुने शेर्माले ४ हजार नगदका साथमा मेडल र प्रमाणपत्र पाएका छन् । 

यता पुरुष भेट्रानतर्फ विजय कुमार राई प्रथम, अभिनारायण अधिकारी द्वीतिय र राजकुमार तामाङ तृतिय भएका छन् । उनीहरूले क्रमशः ७ हजार, ५ हजार, र ४ हजार नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् । यसैगरि महिला र पुरषतर्फ उत्कृष्ट १३ मा पर्ने खेलाडीहरुलाई पनि प्रमाणपत्रसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, विशष्टि अतिथि पूवसांसद् घनश्याम खतिवडा, लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला लगायतले विजेता खेलाडीहरुलाई पुरस्कार रकम, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । 

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री पाँचकर्ण राईले म्याराथनजस्ता खेलकुद गतिविधिले स्वयम व्यक्तिका लागि र राष्ट्रका लागि पनि फाइदा पुग्ने भएकाले यसतर्फ मेहनतका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले चाँडै राष्ट्रि खेलकुद प्रतियोगिता समेत सञ्चालन हुन लागेकाले त्यसको तयारीमा जुट्न खेलाडीहरुलाई आग्रह समेत गर्नुभयो । मन्त्री राईले लेटाङ ३ स्थित कमलपुरमा रहेको खेल मैदानको विकासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 

कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर १ का पूर्व सांसद तथा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले स्थानीयवासीको ठूलो उत्साहका साथ सिङ्गो लेटाङले नै गौरव गर्ने गरिको प्रतियोगिता सञ्चालन गरेकोमा कमलपुर टोल विकास सँस्था लगायत सहयोगी सबैजनालाई धन्यवाद दिनुभयो । उहाँले कमलपुर खेल मैदानको स्तरोन्नतीका लागि आवश्यक सहयोग गर्न लेटाङ नगरपालिका र प्रदेश सरकारलाई आग्रह पनि गर्नुभयो ।  

कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतले स्थानीयवासीको स्वतस्फूर्त सहभागितामा निकै गौरवपूर्ण कार्यक्रम गरेकोमा आयोजक र सहभागी खेलाडीलाई धन्यावाद दिनुभयो । उहाँले कमलपुर खेलमैदान लगायत यस क्षेत्रको विकासका लागि आगामी दिनमा सहयोग गर्र्ने प्रतिवद्धता जनाउनुभयो ।  

यसैगरि लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने व्यक्तित्वहरु र सहभागी खेलाडीहरुलाई धन्यवाद दिंदै प्रतियोगितालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्न आगामी दिनमा नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

यसैगरि लेटाङ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डम्बर बहादुर राईले म्याराथन प्रतियोगिता सफल बनाउन भूमिका निर्वाह गर्नुहुने सबैजनालाई धन्यवाद दिनुभयो । उहाँले खेलकुदका कार्यक्रमहरुले युवाहरुको शारिरिक विकासका साथै उनीहरुलाई कुलतमा लाग्नबाट बचाउने भएकाले प्रतियोगिताहरु आयोजना गर्दै जानुपर्नेमा जोड दिनुभयो । आयोजक कमलपुर टोल विकास सँस्थाका अध्यक्ष किरण राईले प्रतियोगिताको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय फुटबल टीमका पूर्वखेलाडी अभिशेक लिम्बू, लेटाङ रनको गीतका रचनाकार, गायक तथा संगीतकार, सञ्चारकर्मीहरु लगायत प्रतियोगितामा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । लेटाङ बजारलाई सौन्दर्यकरण गर्ने उद्देश्यसहित आयोजित यस प्रतियोगितामा लेटाङ घर भई हाल रोजगारीका लागि बेलायतमा रहेका सन्तोष राईले महत्वपूर्ण आर्थिक सहयोग गर्नु भएको थियो । 

भिडिया रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार