मुख्य समाचार
बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन |

लेटाङ खेलकुद महोत्सव अन्तरगत आज मंगलबार सम्पन्न महिला भलिवलतर्फको खेलमा वडा नम्बर ९ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको छ ।
भलिवलतर्फको दुवै (पुरुष / महिला) उपाधि लेटाङ ७ को पोल्टामा

रेवती रमण निरौला 160+ समाचार ( )
पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १ लाई ३–२ ले पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको हो ।
६ फाल्गुन २०८१, मङ्गलबार

लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत भलिवल खेलमा पुरुष र महिला दुवैतर्फको उपाधि लेटाङ ७ ले जितेको छ । आज मंगलबार लेटाङ भलिवल क्लवको कोर्टमा सम्पन्न भलिबलको पुरुष र महिलातर्फका फाइनल खेलमा विजयी हुँदै वडा नम्बर ७ ले दुवै उपाधिमा कब्जा जमाएको हो । 

पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १ लाई ३–२ ले पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको हो । वेष्टअप फाइभमा खेलाइएको खेलमा पहिलो सेटमा वडा नम्बर ७, दोश्रो सेटमा वडा नम्बर १, तेश्रो सेटमा वडा नम्बर ७ र चौथो सेट वडा नम्बर १ ले जितेपछि भएको पाँचौँ सेटको खेलमा वडा नम्बर ७ ले जित निकाल्दै उपाधिमा कब्जा जमाएको हो । 

यसैगरि आजै तेश्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ८ लाई ३–२ को सेटमा पराजित गर्दै वडा नम्बर ६ ले तेश्रो स्थान हासिल गरेको हो ।      

यसैगरि लेटाङ खेलकुद महोत्सव अन्तरगत आज मंगलबार सम्पन्न महिला भलिवलतर्फको खेलमा वडा नम्बर ९ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको छ । 

पहिलो सेटमा वडा नम्बर ७ तथा दोश्रोमा वडा नम्बर ९ विजयी भएकोमा तेश्रो र चौथो सेट लगातार जित्दै वडा नम्बर ७ च्याम्पियन बनेको हो । यसैगरि महिला भलिवलतर्फ आजै तेश्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ३ लाई ३–१ ले पराजित गर्दै वडा नम्बर ५ विजयी भएको छ ।  

पुरुष र महिला भलिवलतर्फ प्रथम हुने टीमले ट्रफिसहित नगद ४० हजार, दोश्रोले २७ हजार र तेश्रोले १३ हजार ५ सय पुरस्कार पाउनेछन् । भोलि बुधबार जनसेवा खेल मैदानमा हुने समापन समारोहमा पुरस्कार वितरण गरिनेछ । महिला भलिवलतर्फ ९ वटै वडाले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार