मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित)

रेवती रमण निरौला 160+ समाचार ( )
१५ कार्तिक २०८१, बिहीबार

लेटाङ । लेटाङ–८ जाँतेस्थित नोवेल एजुकेशन एण्ड डेभलप्मेन्ट फाउण्डेशन, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन बन्न सफल भएको छ ।

कूल २६ वटा खेलमध्ये ११ वटा खेलमा स्वर्ण जित्न सफल नेवोल एजुकेशन एण्ड डेभलप्मेन्ट फाउण्डेशन ११ स्वर्ण, ३ रजत र २ कास्य गरि कूल १६ पदकसहित च्याम्पियत बन्न सफल भएको हो । 

च्याम्पियन बन्ने क्रममा नोवेल एजुकेशनले प्राइमरी छात्र फुटबल, सेकेण्डरी र लोयर सेकेण्डरी छात्रा फुटबल, छात्रा लङजम्प, छात्र हाइजम्प र ज्याब्लिङथ्रो, लोयर सेकेण्डरीको छात्रतर्फको टग अफ वार, ३ हजार मिटर दौडमा छात्र र छात्रा दुवैतर्फ स्वर्ण जितेको हो ।

नोवेल एजुकेशनलाई च्याम्पियन बनाउने क्रममा छात्रा मल्लिका तिम्सिनाले एक्लै ३ स्वर्ण पदक दिलाएकी छन् । उनले छात्रा लङजम्प र ३ हजार मिटर दौडमा व्यक्तिगत स्वर्ण पाइन् भने सेकेण्डरी महिला फुटबलतर्फ स्वर्ण दिलाउन महत्वपूर्ण भुमिका खेलिन् । 

यसैगरि लेटाङ ४ स्थित लेटाङ ग्रीन भ्याल्ली एकेडेमी ७ स्वर्ण, ४ रजत र ६ कास्यसहित कूल १७ पदक जित्दै दोश्रो हुँदा ३ स्वर्ण र १ कास्यसहित ४ पदक जितेको पब्लिक सेन्ट्रल तेश्रो भएको छ ।    

लेटाङ नगरपालिका भरिका १४ वटा सँस्थागत विद्यालय सहभागि भएको प्रतियोगितामा २ वटा विद्यालयले भने कुनै पदक जित्न सकेनन् । गतवर्षको विजेता जाँते नमुना सेकेण्डरी स्कुल १ स्वर्ण, १ रजत र २ कास्यमा सिमिति हुँदै आठौँ स्थानमा पुगेको छ ।  

कार्तिक १० गते सुरु भएर १४ गते सम्पन्न भएको प्रतियोगितामा २६ खेलका स्वर्ण, रजत र कास्य गरि कूल ६८ पदकको छिनोफानो भएको हो । प्रतियोगिताको च्याम्पियन बन्न सफल नोवेल एजुकेशनले च्याम्पियनशिपको रनिङ शिल्ड हात पारेको छ ।  

कार्यक्रमका प्रमुख अतिथि लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायतले विजेताहरुलाई ट्रफि, मेडल वितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले प्याब्सन स्पोर्टस् मिटका कारण नगरको खेल क्षेत्रको विकासमा ठूलो मद्दत पुगेको भन्दै यसप्रकारका खेलकुदका कार्यक्रमहरु नियमति रुपमा व्यवस्थित तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

पदक तालिका यस प्रकार छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार