मुख्य समाचार
भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक |

खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै

मोरङ खबर 472+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

लेटाङ । हाल जर्मनीमा बस्दै आउनु भएका लेटाङका पुराना सँस्कृतिकर्मी स्रष्टा खड्ग न्यौपानेको आख्यानात्मक कृति “जर्मनी आप्रवासन र अनुभूति” को एक कार्यक्रमकाबीच लोकार्पण गरिने भएको छ ।

असोज २३ गते बुधबार लेटाङ ४ स्थित लेटाङ वचत तथा ऋण सहकारी सँस्थाको सभाहलमा भव्य कार्यक्रमकाबीच पुस्तक लोकार्पणसहित पुस्तकको विमर्श कार्यक्रम हुने भएको हो ।

भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपानेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले पुस्तकमाथि विमर्श समेत गर्नु हुनेछ । कार्यक्रममा सहभागिताका लागि पूर्वका विभिन्न जिल्लाका स्रष्टाहरु, लेटाङका स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी तथा राजनीतिकर्मीहरु र साहित्यप्रेमि महानुभावहरुलाई निमन्त्रणा गरिएको पुस्तकका लेखक न्यौपानेले जानकारी दिनुभयो ।

पुस्तकमा जर्मनीमा रहँदा आफुले गरेको संघर्ष, त्यहाँको जनजीवन तथा जर्मनीबाट नेपालले सिक्नुपर्ने कुराहरु बारे उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । पुस्तकको प्रकाशन विराट साहित्य संगम विराटनगरले गरेको हो भने विमोचन कार्यक्रम लेटाङ साहित्य कला संगमले आयोजना गरेको हो ।

सो अवसरमा जनवादी गायक तथा संगीतकारको समेत पहिचान बनाउनु भएका पुस्तकका लेखक न्यौपानेको एकल गायन कार्यक्रम पनि रहने छ । 

लेटाङ क्षेत्रमा रहेर गीत÷संगीतमा योगदान पुर्याउँदै आउनु भएका न्यौपाने लामो समयदेखि जर्मनीमा बस्नुहुन्छ । उहाँले जर्मनीमा रहेर पनि हरेक वर्ष नेपाल आएर आफ्नो नेतृत्वमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आउनु भएको छ । 

प्रतिक्रिया

तारा देवी श्रेष्ठ २१ अशोज २०८१, सोमबार

शुभकामना 💐🍎

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार