मुख्य समाचार
विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने |

सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता

मोरङ खबर 471+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

लेटाङ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा हालै सार्वजनिक भएको सुकुना माध्यमिक विद्यालयसँग सम्बन्धित घटनापछि स्थानीय राजनीतिक दलहरूले विद्यालयको गरिमा, विद्यार्थीको सुरक्षा र निष्पक्ष अनुसन्धानको पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर, जिल्ला र प्रदेशस्तरीय नेताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीर रूपमा लिएको जनाएका हुन् ।

उनीहरूले विद्यालयजस्तो पवित्र शैक्षिक संस्थामा भएको घटनाले विद्यार्थी, अभिभावक, शिक्षक तथा समग्र समाजलाई गहिरो पीडा पुगेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा दोषी जोसुकै भए पनि कानुनबमोजिम निष्पक्ष अनुसन्धान गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न र तथ्य तथा प्रमाणका आधारमा सत्य बाहिर ल्याउन पनि आग्रह गरिएको छ । घटनालाई राजनीतिक वा अन्य स्वार्थका लागि प्रयोग नगर्न सबै पक्षलाई अपिल गरिएको छ ।

दलहरूले विद्यालयलाई सुरक्षित, मर्यादित र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरेका छन् । विद्यार्थीको सुरक्षा, सम्मान र मनोबललाई प्राथमिकतामा राख्दै विद्यालयको शैक्षिक वातावरण जोगाउन सरोकारवाला सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने उनीहरूको धारणा छ ।

विज्ञप्तिमा सुन्दरहरैंचा नगरभित्रका सबै विद्यालयमा सुरक्षित सिकाइ वातावरण, नैतिक शिक्षा, अनुशासन र सुशासन प्रवद्र्धन गर्न राजनीतिक दलहरूले आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

“विद्यार्थीको सुरक्षा हाम्रो जिम्मेवारी हो, विद्यालयको गरिमा हाम्रो साझा प्रतिबद्धता हो” भन्ने सन्देश विज्ञप्तिमार्फत् राजनीतिक दलले दिएका छन् ।

सत्य, न्याय र कानुनी उत्तरदायित्वप्रति आफूहरू अडिग रहने उल्लेख गर्दै विज्ञप्तिमा संयुक्त हस्ताक्षर गर्नेहरूमा राप्रपाका जिल्ला सदस्य मानबहादुर श्रेष्ठ, श्रम संस्कृतिका नगर संयोजक अजिपकुमार राई, नेपाली कम्युनिष्ट पार्टीकी प्रदेश सदस्य दीपा अधिकारी, नेकपा एमाले नगर कार्यवाहक अध्यक्ष दुर्गादेवी भट्टराई, नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति टेकमणि न्यौपाने (विवेक) रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार