मुख्य समाचार
बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन |

लेटाङ खेलकुद महोत्सवमा चेसतर्फ जाँतेका युनिक गौतम च्याम्पियन

मोरङ खबर 474+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत आज आइतबार चेस प्रतियोगिता सम्पन्न भएको छ । लेटाङ–४ स्थित कवर्डहलमा भएको प्रतियोगितामा लेटाङ ८ जाँतेका युनिक गौतम च्याम्पियन बनेका छन् ।

चेस खेलका लागि जम्मा ३२ जना खेलाडीले नाम दर्ता गरेकामा प्रतियोगितामा सहभागी भएका ३० जनालाई पछि पार्दै युनिक गौतम च्याम्पियन बन्न सफल भएका हुन् । 

फाइनल खेलमा लेटाङ ४ का चन्द्रकान्त तामाङलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका गौतमले ट्रफिसहित ८ हजार पुरस्कार पाउनेछन् । फाइनलमा पराजित भएर दोश्रो भएका लेटाङ ४ का चन्द्रकान्त तामाङले ५ हजार  पुरस्कार पाउनेछन् । 

यस्तै लेटाङ ५ का भक्तबहादुर खड्का तेश्रो भएका छन् । तेश्रो स्थानका लागि भएको खेलमा लेटाङ ९ का शिवकुमार लिम्बूलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएका खड्काले नगद ३ हजार पुरस्कार पाउनेछन् । 

नगर स्तरीय खेलमा च्याम्पियन बनेका युनिक गौतम यसअघि लेटाङ जेसीजले आयोजना गरेको चेस प्रतियोगितामा पनि च्याम्पियन बन्न सफल भएका थिए । चेस खेलका लागि जम्मा ३२ जना खेलाडीले नाम दर्ता गरेकामा २ जना अनुपस्थित भएपछि ३० जनाबीच प्रतिस्पर्धा भएको चेस प्रतियोगिताका संयोजक राजु गौतमले जानकारी दिनुभयो । विजेताहरुलाई फागुन ७ गते हुने खेलकुद महोत्सवको समापनमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार