मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

दारी ग्याङद्वारा पुस्तकालयलाई पुस्तक सहयोग (भिडियोसहित)

मोरङ खबर 482+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

सुन्दरहैंचा । सामाजिक सेवामा समर्पित युवाहरुको समूह दारी ग्याङले सुन्दरहरैंचामा भर्खरै स्थापना गरिएको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको छ । दारी ग्याङको आठौं वर्षिकोत्सवको अवसरमा सुनसरी र मोरङमा क्रियाशील दारी ग्याङका युवाहरुले सुन्दरहैंचा १२ स्थित मोरङ सामुदायीक पुस्तकालय तथा श्रोत केन्द्रलाई ३८ थान पुस्तक प्रदान गरेका हुन् ।

दारी ग्याङ सुन्दरहरैंचा, लेटाङ, पथरीशनिश्चरे, बेलबारी र इटहरीमा आवद्ध युवाहरुले आफुसँग भएका पुस्तकहरु संकलन गरेर पुस्तकालयलाई प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै दारी ग्याङका केन्द्रीय सदस्य विपुल पोखरेलले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको अवस्थामा स्थापना गरिएको पुस्तकालयलाई प्रोत्सहान स्वरुप पुस्तक सहयोग गरेको बताउनुभयो । तत्काललाई दारी ग्याङका सदस्यहरुबाट पुस्तक संकलन गरि हस्तान्तरण गरिएकोमा आगामी दिनमा थप सहयोग गर्दै जाने उहाँको भनाइ छ ।  

सो अवसरमा दारी ग्याङमा आवद्ध युवाहरुले पुस्तकालयले सहयोगार्थ राखिएको दान पेटिकामा आर्थिक सहयोग समेत गरेका छन् । दारी ग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा दारी ग्याङका केन्द्रीय सदस्य विपुल पोखरेल, इटहरी संयोजक विनोद नेपाल, पथरीशनिश्चरे संयोजक अमर महरा, पुस्तकालयका अध्यक्ष लगायतका पदाधिकारीहरु, दारी ग्याङका सदस्य युवाहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । 

दारी पाल्न रुचाउने तथा सामाजिक भावनाबाट ओतप्रोत भएका युवाहरुको फेसबुक ग्रुपको रुपमा दारी ग्याङ सामाजिक सञ्जालमा निकै लोकप्रिय छ । ८ वर्षअघि स्थापना गरिएको दारी ग्याङमा हाल देशभरबाट १ लाभ बढी सदस्य छन् । दारी ग्याङले विभिन्न सामजिक कामका साथै आपत्मा परेका विरामीहरुलाई रगत उपलब्ध गराउने जस्ता काममा विशेष सहयोग गर्ने गरेको छ ।  

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार